default_image

6 years ago

July 25, 2019

नेयमार भित्राउने बार्सिलोनाको प्रयास जारी

132 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाले नेयमारलाई क्लबमा भित्राउने प्रयासलाई अझै छाडेको छैन । पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई फिलिप्पे काउटिन्हो दिनुका साथै केहि रकम तिरेर नेयमारलाई क्लब भित्राउने तयारीमा बार्सिलोना रहेको छ ।

नेयमारका ब्राजिलियन सहकर्मी काउटिन्हो पिएसजीलाई दिएर ६३ मिललियन पाउन्ड थप्ने योजनमा बार्सिलोना रहेको छ । नेयमार पिएसजी छाड्नेमा दृढ रहेपछि उनलाई भित्राउन बार्सिलोनाले प्रयास थालेको बताइएको छ । काउटिन्होलाई पठाएर रकम दिनु बार्सिलोनाले दुवैका लागि उत्तम विकल्प हुने मानेको अनुमान गरिएको छ ।

२७ वर्षे बाज्रिलियन सुपर स्टार नेयमारको क्लब छाड्ने निर्णयलाई पिएसजीले पनि स्वीकार गरेको छ । दुई वर्षअघि पिएसजीले विश्व कीर्तिमानी रकम १ सय ९८ मिलियन पाउन्ड बार्सिलोनाबाट किनेको थियो ।

एट्लेटिको म्याड्रिडबाट एन्टोइन ग्रिजमनलाई १ सय ८ मिलियन पाउन्डमा किनेपछि बार्सिलोनाले फाइनान्सियल फेयर प्लेका आधारमा अब धेरै रकम खर्च गर्ने अवस्था छैन । त्यसैले अर्को बाटोका रुपमा बार्सिलोनाले काउटिन्होलाई पठाउने विकल्प तयार पारेको छ ।

लिभरपुलका पूर्व स्टार कोउटिन्हो २०१८ को जनवरीमा बार्सिलोना पुगेका थिए । त्यहाँ पुगेयता ७६ खेलमा उनले २१ गोल गरेका छन् । यसैबीच, नेयमार गत सोमबार पिएसजीको प्रि सिजन अभ्यासमा फर्केका छन् । ब्राजिलमा फाइभ ए साइड फुटबल खेलेका कारण नेयमार ढिला गरि क्लबको अभ्यासमा पुगेका थिए ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.