default_image

6 years ago

July 21, 2019

बीबीसीको लक्ष्य उपाधि रक्षा, पुलिस पहिलोपटक च्याम्पियन बन्ने दाउ

99 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको ललित स्मृति यु–१८ फुटबल च्याम्पियनसिपको उपाधिका लागि आज साविकको विजेता ब्रिगेड ब्वाइज क्लब (बीबीसी) र विभागीय नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुदैछ ।

खेल दिउसो ३ बजेपछि सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रो ट्रफ मैदानमा हुदैछ । दुवै टोली उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रनेछ । बीबीसी उपाधि रक्षा अभियानमा रहँदा पुलिस पहिलोपटक च्याम्पियन बन्ने दाउमा हुनेछ ।

अघिल्लो वर्ष ‘ए’ डिभिजन लिग खेलेका ९ खेलाडीसहित एन्फा एकेडेमीका खेलाडीको बाहुल्यता रहेको बीबीसी अपराजित रहँदै च्याम्पियन बन्ने दाउमा हुनेछ । बीबीसीसँग ब्रिजेश चौधरी, शिशिर लेखी, रेजिन सुब्बा र रोशन रानामगर जस्ता नाम चलेका खेलाडीको साथ रहेको छ ।

समूह चरणको अन्तिम खेलमा पुलिसलाई ३–० ले पराजित गरेका कारण पनि बीबीसी उपाधि जित्नेमा ढुक्क छ । सेमिफाइनलमा मनाङमाथि ७–१ को फराकिलो जित हात पारेको कारण पनि बीबीसी पुलिसविरुद्ध उच्च मनोवलका साथ मैदान उत्रनेछ ।

यता, विभागीय नेपाल पुलिस क्लब साविकको विजेता बीबीसीलाई स्तब्ध पार्दै पहिलो पटक च्याम्पियन बन्ने दाउमा हुनेछ । पुलिसका लागि सन्जु सेन मुख्य हतियार हुनेछन् । उनी ७ गोलसहित सर्वाधिक गोलकर्ताको सुचीमा बीबीसीका ब्रिजेशसँगै रहेका छन् ।

पुलिसले सेमिफाइनलमा जावलाखेल युथ क्लबलाई ३–१ ले हराएर फाइनलमा बीबीसीसँगको भेट पक्का गरेको थियो । प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फाका कार्यवहाक अध्यक्षको जिम्मेवारी सम्हालिसकेका पुर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा यो प्रतियोगिता गर्दै आएको छ । यसपटक लिग कम नकआउटका आधारमा २९ जेठबाट शुरु प्रतियोगितामा ‘ए’ डिभिजनका १४ टोलीका १८ वर्ष मुनिका टिमको सहभागिता रहेको छ ।

सुरुवाती दुई संस्करणमा विभागीय त्रिभुवन आर्मी क्लब च्याम्पियन बन्दा गतवर्ष बीबीसी च्याम्पियन बनेको थियो ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.