default_image

6 years ago

July 21, 2019

विक्रम बेलायतमा सम्मानित

136 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– बेलायत भ्रमणमा रहेका नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विक्रम लामालाई त्यहाँस्थित नेपाली दुतावासले शनिबार सम्मान गरेको छ । उनलाई बेलायतका लागि नेपाली राजदुत दुर्गाबहादुर सुवेदीले सम्मान गरेका हुन् ।

विक्रमले पनि राजदुत सुवेदीलाई नेपाली फुटबल टोलीको जर्सी उपहार दिएका थिए । त्यस्तै उनले उल्भरह्याम्टन काउन्सिल का मेयर क्लारी डार्केलाई पनि उपहार दिएका थिए । खुट्टाको चोट निको भएर गत वर्ष सक्रिय रुपमा खेलमा फर्केका विक्रम नेपाली युवा टोलीका पूर्व प्रशिक्षक नवल गुरुङसँग थप परामर्शका लागि झन्डै तीन साताअघि बेलायत पुगेका थिए । नवल अहिले प्रिमियर लिग टोली फुलह्यामको महिला टोलीको पर्फिमिङ इन्ह्यान्स ट्रेनरका रुपमा कार्यरत छन् ।

‘खुट्टा ठिक भएर फर्केपछि लगातार खेलेको खेलैछु । त्यसले गर्दा खुट्टामा अलिक बढी लोड भएको महसुस गरे,’ विक्रमले हाम्रो खेलकुदसँग भने,‘यहाँ नवल दाई, सरोज गुरुङ र निशान मगरसँग परामर्शको लागि आएको थिए । सबै राम्रो भएको छ । नियमित अभ्यास गरिरहेको छु । पहिला भन्दा निकै सहज महसुस गरेको छु ।’

२०७४ को फागुनमा धरानको बुढासुब्बा गोल्ड कपमा नेपाल पुलिस क्लबविरुद्ध रुस्लान थ्री स्टार क्लबबाट फाइनल खेल्दा उनको दाँया खुट्टा भाच्चिएको थियो । चक्रराज पाण्डेको नेतृत्वमा ग्रान्डी अस्पताल उनको खुट्टाको शल्यक्रिया भएको थियो ।

त्यसपछि उनले थ्री स्टारका उपाध्यक्ष अतिशकृष्ण श्रेष्ठको पहलमा बैंकक एडेमी अफ स्पोर्टस एन्ड एक्सरसाइज मेडिसनमा परिक्षण गराएका थिए । गत मंसिरमा ए डिभिजन लिगमार्फत उनले फुटबलमा पुनरामगन गरेका थिए । मार्चमा कुवेतविरुद्ध मैत्रीपूर्ण खेलमार्फत राष्ट्रिय टोलीमा पुनरागमन गरेका विक्रम अहिले नियमित टोलीका सदस्य हुन् ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.