default_image

6 years ago

July 21, 2019

बीबीसी अपराजित रहँदै च्याम्पियन

124 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –ब्रिगेड ब्वाइज क्लब (बीबीसी) लगातार दाेस्राेपटक ललित स्मृति यु–१८ फुटबल च्याम्पियनसिपको च्याम्पियन बनेकाे छ । चाैथाे सस्करणमा च्याम्पियन बन्ने क्रममा बीबीसीले विभागीय नेपाल पुलिस क्लबलाई पराजित गर्दै उपाधि जितेकाे हाे ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रो ट्रफ मैदानमा आइतबार भएकाे खेलमा अघिल्लो वर्ष ‘ए’ डिभिजन लिग खेलेका ९ खेलाडीसहित एन्फा एकेडेमीका खेलाडीको बाहुल्यता रहेको बीबीसीले खेलभर नै पुलिसलाई दवावमा राखेपनि गाेल गर्न भने सकेनन् ।

सुरुवात देखि नै पुलिसलाई दबाबमा राखेकाे बीबीसीले खेलकाे २३औं मिनेटमा ब्रिजेश चाैधरीकाे गाेलबाट अग्रता लिएकाे थियाे । त्यही गाेल नै बीबीसीलाई च्याम्पियन बन्न सफल भयाे । त्यसअघि खेलकाे छैटाै मिनेटमा कप्तान जय गुरुङकाे फ्रिकिकमा अन्जल महर्जनकाे हेडर पाेस्टबाट थाेरै बाहिररियाे ।

लगत्तै कर्नर र क्रसबाट आएको पासमा रेजिन सुब्बाकाे प्रहार पाेस्टबाट थाेरै बाहिररिदा बीबीसी अग्रता लिनबाट चुकेकाे थियाे । २१ औं मिनेटमा रेजिनकाे हेडर गाेलरक्षकले सहजै बचाए । पहिलाे हाफमा पुलिसले एकमात्र आक्रमण बुन्याे र कुशल फुयालकाे प्रहार गाेलरक्षक आकाश रानाभाटले बचाए ।

७० औं मिनेटमा पुलिसका सन्जु सेनकाे क्रसमा रविन राईकाे हेडर पाेस्टबाट थाेरै बाहिरिदा बराबरीबाट चुक्याे । प्रतिस्पर्धात्मक दाेस्राे हाफमा दुवै टाेलीले गाेलकाे प्रषास गरेपनि थप गाेल निस्कन नसक्दा बीबीसी च्याम्पियन बन्न सफल भयाे । उपाधिसँगै बीबीसीले ३ लाख रुपैयाँ प्रापणत गर्याे। दाेस्राे भएकाे पुलिसले १ लाख ५० हजार रुपैयाँमा चित्त बुझायाे ।

विजयी टाेली तथा खेलाडीलाई राखेपका सदस्यसचिव रमेश कुममर सिलवाल, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालगायतले पुरस्कृत गरे । २९ जेठबाट शुरु प्रतियोगितामा ‘ए’ डिभिजनका १४ टोलीका १८ वर्ष मुनिका टिमको सहभागिता रहेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फाका कार्यवहाक अध्यक्षको जिम्मेवारी सम्हालिसकेका पुर्व उपाध्यक्ष तथा रुस्लान थ्रीस्टार क्लबका कार्यवहाक अध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा यो प्रतियोगिता गर्दै आएको छ । सुरुवाती दुई संस्करणमा विभागीय त्रिभुवन आर्मी क्लब च्याम्पियन बन्दा गतवर्ष बीबीसी च्याम्पियन बनेको थियो ।

ललित स्मृति यू १८ फुटबलका उत्कृष्ट
गोलकिपर – विशाल सुनार (आर्मी)
रक्षक – विशाल बस्नेत (पुलिस)
मिडफिल्डर – शिशिर लेखी (बीबीसी)
फरवार्ड – ब्रिजेश चौधरी (बीबीसी)
प्रशिक्षक – सुवित कार्की (बीबीसी)
उत्कृष्टले जनही समान १० हजार रुपैयाँ प्राप्त गरे

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.