6 years ago
July 21, 2019
काठमाडौं (हाम्रो खेलकुद)-अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तरगतको रेफ्री कमिटीले एन्फालाई आफ्नो वार्षिक प्रतिवेदन बुझाएको छ । एन्फाको रेफ्री कमिटीका संयोजक रबिन्द्र नाथ कोजुले आइतबार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र महासचिव इन्द्रमान तुलाधरलाई वार्षिक प्रतिवेदन बुझाएको हो ।

एन्फालाई बुझाएको प्रतिवेदनमा देश भर एन्फा रेफ्रीले खेलाएको प्रतियोगिताको विवरण उल्लेख गरेको छ ।
हरेक वर्षको साउन १ गते एन्फा रेफ्रीको कार्यभार सकिने गर्दछ । त्यसपछि नयाँ सेसन शुरु हुने गर्दछ ।
प्रतिवेदन बुझाउदै रेफ्री कमिटिका सदस्य सुरेन्द्र सिख्राकारले फिफाले नयाँ नियम ल्याएको र त्यसका लागि प्रशिक्षणको वातावरण बनाउन एन्फालाई आग्रह गरे । एन्फा अध्यक्ष शेर्पाले प्रतिवेदन बुझ्दै रेफ्रीलाई बलियो बनाउन एन्फा सधै तयार रहेको बताए । उनले रेफ्रीलाई बलियो बनाउन रेफ्री रिफ्रेसर कोर्स, आधारभुत ज्ञान, कन्फ्युजन ग्याप र अनुशासन सम्वन्धी कोर्सको आवश्यकता रहेको बताए ।
यस्तै अध्यक्ष शेर्पाले रेफ्रीको सानो गल्तीले कहिलेकाही क्लबको लगानी डुब्न सक्ने र रेफ्रीलाई प्रश्नरहत बनाउन रेफ्री शिक्षालाई बढवा दिन एन्फा तयार रहेको थपे ।
नेपालमा अहिले १२ फिफा रेफ्री छन् । जसमा पुरुष १० रहदा महिला २ रहेको छन् । यस्तै राष्ट्रिय मान्यता प्राप्त रेफ्रीहरु २० जना छन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]