default_image

6 years ago

July 22, 2019

विराटनगरमा महिला फुटबल टोली सम्मानित

122 views

0 Bookmark

विराटनगर (हाम्रो खेलकुद)– विराटनगरमा सम्पन्न पाँचौं महिला साफ च्याम्पियनसिपको उपविजेता नेपाली महिला राष्ट्रिय फुटबल टोली सोमबार सम्मानित भएको छ ।

विराटनगर महानगरपालिकाले पुर्वघोषित निर्णयअनुसार साफको उपविजेता नेपाली महिला टोलीलाई जनही ५०–५० हजार रुपैयाले सम्मानित गरिएको हो ।। टिम तथा खेलाडीलाई विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले नगदसहित सम्मानित गरे ।

साफको फाइनल दौरान महानगरले उपविजेता टोलीलाई ५० हजार रुपैयाँले सम्मान गर्ने घोषणा गरेको थियो । फाइनलमा नेपाल भारतसँग ३–१ ले पराजित भएको थियो ।

यस्तै प्रदेश १ सरकारले मंगलबार पुर्वघोषित १ लाख रुपैयाले टोलीलाई सम्मान गर्दैछ । प्रदेश १ सरकारले साफको फाइनल दौरान नै उपाधि जिते २ लाख र उपविजेता बने १ लाखले सम्मानित गर्ने घोषणा गरेको थियो ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.