6 years ago
July 24, 2019
काठमाडौं(हाम्रो खेलकुद)– बुद्ध एकेडेमी,नेक्सस इन्टरनेशनल र पीपीबी स्कुलले क्वीक्स कप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिता अन्तगर्त बुधबारको खेलमा विजयी भएका छन् ।

पहिलो खेलमा नेक्ससले छाहरी शिक्षा सदनलाई ३–२ ले पराजित गर्यो । नेक्ससको जितमा शिव आले मगर,ग्रिस कट्टेल र आदेश दुलालले गोल गरे । छाहरीका लागि दुवै सुमन दुलालले गरे ।
दोस्रो खेलमा पीपीबी ले जेभियर्सलाई २–१ ले हरायो । पीपीको जितमा गौरव महर्जन छैटौं र ओम प्रकाश ठाकुरले २५ औं मिनेटमा गोल गरेका थिए । जेभियर्सका लागि शिरिष कुमार बोहोराले ११ औं मिनेटमा गोल गरेका थिए ।
तेस्रो खेलमा बुद्ध स्कुलले द सनसाइन स्कुललाई ३–१ ले पराजित गर्यो । पहिलो हाफमा १–० ले पछि परेको बुद्ध स्कुलले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै ३ गोल गरेको थियो । सनसानइका लागि युनोज तामाङले २५ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा बुद्ध कलेजका राम बहादुर रोकायाले २ र जनकले गोल गर्दै बुद्धको जित पक्का गरे ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]