6 years ago
July 26, 2019
एजेन्सी – रियल म्याड्रिडका कोलोम्बियन मिडफिल्डर हामेस रोड्रीग्वेजलाई अनुबन्धन गर्न इटालियन क्लब नेपोली तयार रहेका प्रशिक्षक कार्लो एन्चेलोटीले बताएका छन् ।

नेपोलीसँगै एटलेटिको म्याड्रिडले पनि हामेसलाई अनुबन्धन गर्ने इच्छा व्यक्त गरेको छ । तर रियलले स्पेनिस टोलीलाई खेलाडी बेच्ने सम्भावना एकदम न्युन छ । नेपोलीका प्रशिक्षक एन्चेलोटीका अनुसार उनले यसअघि रियल म्याड्रिडमा नै सँगै काम गरिसकेका मिडफिल्डरलाई अनुबन्धन गर्न इच्छुक रहेका छन् ।
‘ हामी हो पनि भन्न सक्दैनौं र होइन पनि भन्ने अवस्थामा छैनौं । हामीलाई उनी मनपर्ने खेलाडी हुन् । रियल म्याड्रिडले बेच्न चाहेको छ र हामीले उनलाई अनुबन्ध गर्न चाहेका छौं । सम्भावना बलियो छ,’ एन्चेलोटीले भने । नेपोलीले लिलेबाट निकोलस पेपेलाई पनि अनुबन्धन गर्ने प्रयास गरेको कार्लोले स्वीकारे । यसक्रममा उनले हामेसको एजेन्टसँग भने क्लबले छलफल गरेको र छिट्टै नै निर्णय दिने उनले जानकारी दिए ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]