6 years ago
August 5, 2019
एजेन्सी – म्यानचेस्टर सिटीले गत सिजन लिगको जित यात्रालाई कायम राख्दै नयाँ सिजनको पहिलो उपाधि हात पारेको छ । आइतबार लिभरपुललाई टाइब्रेकरमा ५-४ ले पराजित गर्दै सिटीले कम्युनिटी सिल्ड जितेको हो ।

निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । सिटीले खेलको १२ औं मिनेटमा रहिम स्टरलिङको गोलमा अग्रता लिएको थियो । उनले डेविड सिल्भाको फ्लिकलाई पोस्टको दिशा दिंदा गोलरक्षक एलिसनले बचाउन सकेका थिएनन् । पहिलो हाफमा सिटीले आफ्नो अग्रता कायम राख्यो ।
दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने अवसर चुकाए । स्टरलिङले वन भर्सेस वनको स्थितिमा गरेको प्रहार पोस्टमा लागेको थियो । लिभरपुलका भर्जील भान डाइक र मोहमद सलाहको प्रहारमा पनि पोस्ट नै बाधक बन्यो । खेलको ७७ औं मिनेटमा लिभरपुलले बराबरी गोल फर्कायो । भान डाइकको क्रसमा वैकल्पिक खेलाडी जोएल माटिपले हेडरमार्फत गोल गरे ।
खेलको अन्तिम मिनेटमा मोहमद सलाह लिभरपुलको जित पक्का गर्ने अवसरबाट विमुख भए । उनले गरेको चिप प्रहारले गोलरक्षक बिट भएपनि डिफेन्डर काइल वाल्करले उत्कृष्ट बचाउ गरे । टाइब्रेकरमा सिटीका पाँचै प्रहार गोलमा परिणत भयो । लिभरपुलका जिओर्जिनियो वाइनल्डमको दोस्रो प्रहार गोलरक्षक ब्राभोले बचाएपछि सिटीले त्यसै आधारमा उपाधि जित्न सफल रहयो ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]