6 years ago
August 5, 2019
एजेन्सी – इंग्ल्यान्डका राष्ट्रिय टोलीका सदस्य एवं लेस्टर सिटीका डिफेन्डर ह्यारी मगाएर विश्व फुटबलका सर्वाधिक महँगा डिफेन्डर बनेका छन् ।

म्यानचेस्टर युनाइटेड र लेस्टर सिटीबीच मगाएरको ट्रान्सफरका लागि विश्व कीर्तिमानी ८० मिलियन पाउण्ड रकमको सम्झौता भएको हो । २६ वर्षीय डिफेन्डरलाई युनाइटेडले सोमबार सार्वजनिक गरेको छ । मगाएरले क्लबसँग ६ वर्षको सम्झौता गरेका छन् । दुवै पक्षको सहमतिमा सातौं वर्षको विकल्प पनि रहेको छ ।
क्लबका प्रशिक्षक ओले गुनर सोल्सजरले मगाएर विश्व फुटबलका उत्कृष्ट डिफेन्डर मध्यका एक रहेको बताए । ‘ मगाएर विश्वकै उत्कृष्ट मध्यमा पर्दछन् । उनी हाम्रो टोलीको लागि मैदानभित्र र बाहिर नै ठिक हुने खेलाडी हुन् । उनको खेल्ने शैली र खेल बुझ्ने क्षमताले हामीलाई सहयोग गर्नेछ,’ उनले भने ।

युनाइटेडका लागि यस सिजनका तेस्रो अनुबन्धनका रुपमा रहेका मगाएर गत वर्ष इंग्ल्यान्डले विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दा टोलीको मुख्य डिफेन्डरका रुपमा रहेका थिए । युनाइटेडले यसअघि क्रिस्टल प्यालेसबाट आरोन वान बिसाका र स्वान्सीबाट ड्यानीएल जेम्सलाई भित्र्याइसकेको छ ।
सन् २०१७ मा हल सिटीबाट लेस्टर आएका उनले लिगमा ६९ खेल खेले । यस ट्रान्सफरसँगै मगाएर विश्व फुटबलकै सर्वाधिक महँगा डिफेन्डर बनेका छन् । यसअघि सन् २०१८ मा लिभरपुलले साउथह्याम्पटनबाट भर्जिल भान डाइकलाई ७५ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]