6 years ago
August 9, 2019
एजेन्सी – स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सी, इटालियन क्लब युभेन्टसका क्रिस्टियानो रोनाल्डोसहित लिभपुलका पाँच खेलाडीहरु च्याम्पियन्स लिगको व्यक्तिगत अवार्डको मनोनयनमा परेका छन् ।

युइएफएले २०१८/१९ को च्याम्पियन्स लिगमा उच्च प्रदर्शन गरेका खेलाडीहरु सर्ट लिस्ट बिहीबार सार्वजिनक गर्दा च्याम्पियन्स लिग विजेता लिभरपुलका खेलाडीहरुले वर्चस्व जमाएको हो । बार्सिलोनाका फ्रान्की डि जोङसहित ३, टोटेनहमका २ र युभेन्टसबाट म्याथ्थिज डि लिग्टसहित २ खेलाडी मनोनयनमा परेका छन् ।
फरवार्डमा चिरपरिचित प्रतिद्धन्द्धी लियोनेल मेस्सी र रोनाल्डोसँग लिभरपुलका साडियो मानेको प्रतिस्पर्धा हुनेछ । मेस्सी अिघल्लो सिजनको सर्वाधिक (१२) गोलकर्ता हुन् ।
मिडफिल्डमा आयाक्स हाल बार्सिलोनाका फ्रान्की डि जोङ, टोटेनहमका क्रिस्टियन इरिक्सन र लिभरपुलका जोर्डन हेन्डरसनबीच प्रतिस्पर्धा हुनेछ ।
डिफेन्समा लिभरपुलका ट्रेन्ट एलेक्सजेन्डर अर्नाेल्ड, (आयाक्स) हाल युभेन्टसका म्याथ्थिज डि लिग्ट र लिभरपुलका भर्जिल भान डिजिकबीच प्रतिस्पर्धा हुनेछ ।
गोलरक्षकमा च्याम्पियन लिभरपुलका गोलरक्षक एलिसन बेकरले टोटेनहमका कप्तान ह्युगो लोरिस र बार्सिलोनाका मार्क आन्द्रे टेर स्टेगनसँग प्रतिस्पर्धा गर्नेछ ।
यो सिजन राउन्ड अफ ३२ मा प्रतिस्पर्धा गरेका ३२ क्लबका प्रशिक्षक र युइएफएका ५५ सदस्य राष्ट्रका पत्रकारहरुले यसै सर्टलिस्टाट विजेताको घोषणा गर्नेछ । अवार्डको घोषणा २०१९/२० को च्याम्पियन्स लिगको समूह विभाजनको ड्र दौरान मोनाकोमा २९ अगस्टमा हुनेछ ।
पोजिसन अनुसार मनोनित हुनेहरु
गोलरक्षक – एलिसन बेकर (लिभरपुल), ह्युगो लोरिस (टोटेनहम) र मार्क आन्द्रे टेर स्टेगन (बार्सिलोना)
डिफेन्डर – ट्रेन्ट एलेक्सजेन्डर अर्नाेल्ड (लिभररपुल), म्याथ्थिज डि लिग्ट (आयाक्स) र भर्जिल भान डिजिक (लिभरपुल)
मिडफिल्डर – फ्रान्की डि जोङ (आयाक्स हाल बार्सिलोना) क्रिस्टियन इरिक्सन (टोटेनहम) र जोर्डन हेन्डरसन (लिभरपुल)
फरवार्ड – साडियो माने (लिभरपुल), लियोनल मेस्सी (बार्सिलोना) र क्रिस्टियानो रोनाल्डो (युभेन्टस)
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]