6 years ago
August 9, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिगका क्लबहरुले बिहीबार नयाँ सिजनका लागि खेलाडी खरिद गर्ने सम्पूर्ण कार्य पूरा गरेका छन् । अन्य लिगभन्दा फरक नियम रहेको प्रिमियर लिगका क्लबहरुले अब खेलाडी बेच्न भने पाउनेछन् ।

गत सिजनबाट सुरु भएको नयाँ नियम अनुसार सिजन सुरु हुनुअघि नै टोलीको खेलाडी किन्ने प्रक्रिया पूरा हुनुपर्ने प्रावधान रहेको छ । जस अनुसार प्रिमियर लिगका क्लबहरुले खेलाडी अनुबन्धनमा १.४१ बिलियन पाउण्ड खर्च गरेका छन् । यसक्रममा आर्सनलले सर्वाधिक १ सय ५५ मिलियन पाउण्ड खर्चेको छ । खेलाडी अनुबन्धनमा क्लबहरुले सर्वाधिक रकम तिरेका १० खेलाडी यसप्रकार छन् :
ह्यारी मगाएर
डिफेन्डर
लेस्तार सिटीबाट म्यानचेस्टर युनाइटेड
८० मिलियन पाउण्ड
निकोलस पेपे
फरवार्ड
लिलबाट आर्सनल
७२ मिलियन पाउण्ड
रोड्री
मिडफिल्डर
एटलेटिको म्याड्रिडबाट म्यानचेस्टर सिटी
६३ मिलियन पाउण्ड
जोआओं क्यान्सेलो
डिफेन्डर
युभेन्टसबाट म्यानचेस्टर सिटी
६० मिलियन पाउण्ड
तान्गुई एनडोम्बेले
मिडफिल्डर
लियोनबाट टोटेनहम हट्स्पर
५४ मिलियन पाउण्ड
आरोन वान बिसाका
डिफेन्डर
क्रिस्टल प्यालेसबाट म्यानचेस्टर युनाइटेड
५० मिलियन पाउण्ड
सबास्टियन हाल्लर
फरवार्ड
फ्रान्कफर्टबाट वेस्ट ह्याम
४५ मिलियन पाउण्ड
म्याटीयो कोभाचिच
मिडफिल्डर
रियल म्याड्रिडबाट चेल्सी
४० मिलियन पाउण्ड
युरी टिलेमान्स
मिडफिल्डर
मोनाकोबाट लेस्टर सिटी
४० मिलियन पाउण्ड
जोलेइन्टन
फरवार्ड
होफेनहाइमबाट न्युकासल युनाइटेड
४० मिलियन पाउण्ड

December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]