6 years ago
August 10, 2019
एजेन्सी – अघिल्लो संस्करणको उपविजेता मर्सिसाइड क्लब लिभरपुलले नयाँ सिजनको पहिलो खेलमा प्रभावशाली जित हात पारेको छ ।

घरेलु मैदान एनफिल्डमा शुक्रबार राति भएको खेलमा लिभरपुलले प्रिमियरसिप च्याम्पियन नर्विच सिटीमाथि ४–१ को फराकिलो जित निकालेको हो । लिभरपुलले पहिलो हाफमै ४–० को अग्रता बनाएको थियो । दोस्रो हाफमा लिभरपुलले रक्षापङ्ति चुस्त बनाउन सकेको थिएन ।

लिभरपुलको जितमा मोहम्मद सलाह, भर्जिल भान डाइक र डिभोका ओरिगीले गोल गरे । एक गोल उपहार पाएको थियो । नर्विचका टिमु पुक्कीले एक गोल फर्काए ।
खेलको सातौ मिनेटमा नै लिभरपुलले ग्रान्ट हान्लेको आत्मघाती गोलबाट खेलमा अघि बढेको थियो । १९औं मिनेटमा मोहम्मद सलाहले लिभरपुलको अग्रता दोब्बर बनाए । उनले रोवर्टाे फिर्मिनोको पासमा गोल गरेका थिए । २८औं मिनेटमा मोहम्मद सलाहको पासमा भर्जिल भान डाइकले गोल गरेपछि लिभरपुल फराकिलो जिततर्फ अग्रसर बनेको थियो ।

खेलको ३९औं मिनेटमा लिभरपुलका पहिलो रोजाईका गोलरक्षक एलिसन बेकर चोट बोक्दै मैदानबाट बाहिरिए । ४२औं मिनेटमा ट्रेन्ट एलेक्सन्डर अर्नाेल्डको पासमा डिभोक ओरिगीले गोल गरेपछि लिभरपुल पहिलो हाफमै ४–० ले अघि बढेको थियो ।

लिभरपुलले पहिलो हाफमा गोल निकालेपनि डिफेन्समा निकै कमजोर देखिएको थियो । ६४औं मिनेटमा टिमु पुक्कीले गोल गर्दै अग्रता घटाउने प्रयास गरेपनि त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुल ४–१ ले विजयी हुन सफल भयो ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]