default_image

6 years ago

August 10, 2019

नेयमारलाई नखेलाउने पीएसजीको निर्णय

132 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सुपरस्टार फरवार्ड नेयमारलाई लिग अन्तर्गत आइतबार हुने पहिलो खेलमा नखेलाउने भएको छ ।

पीएसजीका निर्देशक लिओनार्डोले खेलको पूर्वसन्ध्यामा बोल्दै नेयमारको अवस्थाबारे जानकारी दिएका हुन् । ‘ हामीले नेयमारलाई आइतबारको खेल नखेलाउने निर्णय लिएका छौं । यसबारे खेलाडीलाई पनि जानकारी दिइसकेका छौं,’ उनले भने, ‘ हामी अहिले उनको ट्रान्सफरलाई लिएर छलफलमा छौं । औपचारिक प्रस्ताव नआएको हुनाले निर्णय गर्ने अवस्था छैन । उनको भविष्यबारे सटिक निर्णय लिएर मात्र अर्को कदम चाल्नेछौं ।’

गत साता फ्रान्सेली सुपर कपको दौरान पनि नेयमार बेन्चमा रहेका थिए । ट्रफी वित्तरण समारोहमा क्लबका अन्य खेलाडीले गरेको व्यवहारले पनि नेयमारले पीएसजी छाड्ने देखिएको थियो । एमबाप्पेले नेयमारलाई सामुहिक फोटोबाट निकालेपछि केहि विवाद रहेको बुझिएको थियो ।

पीएसजीले यसअघि नै नेयमारको लागि उचित प्रस्ताव आएको खण्डमा क्लब उनलाई बेच्न तयार रहेको बताउँदै आएको छ । यद्यपि नेयमार र पीएसजीबीच पछिल्लो समय सुमधुर सम्बन्ध रहेको छैन । नेयमारको व्यवहारले आजित पीएसजीका निर्देशकले शनिबार दिएको अभिव्यक्तिले पनि हालको अवस्था प्रष्ट पारेको छ ।

Neymar

बार्सिलोनाले ट्रान्सफर विन्डोको सुरुवातदेखि नेयमारलाई अनुबन्ध गर्ने भनेपनि फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमनको आगमनसँगै अब नेयमार बार्सिलोना जाने एकदम कम सम्भावना रहेको छ । क्रिस्टियानो रोनाल्डोको प्रस्थानपछि उनको उत्तराधिकारीको खोजीमा रहेको रियल म्याड्रिड नेयमारको लागि उचित गन्तव्य हुने देखिन्छ । रियलका लागि मात्र नभएर नेयमार र पीएसजीका लागि यो उचित विकल्प हुन सक्छ । रियलले नेयमारलाई अनुबन्ध गर्न उनको माग पूरा गर्न सक्छ । पीएसजीको माग अनुसारको रकम तिर्न पनि रियल सक्षम छ । नेयमारले यसअघि ला लिगामा आफूलाई सिद्ध गरेका कारण पनि रियललाई थप फाइदा छ ।

बार्सिलोनामा यसअघि लिग, च्याम्पियन्स लिग र कप उपाधि जितिसकेका नेयमारले यस सिजन पीएसजीका लागि खेलेका छैनन् । कोपा अमेरिकामा चोटका कारण खेल्न नसकेका उनले पीएसजीको प्रशिक्षणमा तोकिएको समयभन्दा १ साता ढिला पुगेका थिए । पछिल्लो सिजन नै मैदानबाहिर राम्रो व्यवहार नदेखाएको आरोप लागेको नेयमारलाई यस घटनाले थप समस्या दिएको हो ।

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

December 17, 2025

चेल्सी लिग कपको सेमिफाइनलमा

एजेन्सी – चेल्सीले कार्डिफ सिटीलाई ३-१ ले पराजित गर्दै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। यो जितसँगै चेल्सी सेमिफाइनल पुग्ने पहिलो टोली बनेको हो। खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका आलेहान्द्रो गार्नाचो र पेद्रो नेटो चेल्सीका लागि निर्णायक बने। शनिबार एभर्टनविरुद्ध जितपछि प्रशिक्षक एन्जो मारेस्काले टोलीमा धेरै परिवर्तन गरेका कारण चेल्सीले सुरुवातमा लय समात्न सकेन। […]

Success

Thank you for your time.