default_image

6 years ago

August 10, 2019

स्टरलिङको ह्याट्रिकमा सिटीको फराकिलो जित

121 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगको डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले नयाँ सिजनको पहिलो खेलमा वेस्ट ह्याम युनाइटेडलाई ५-० ले पराजित गर्दै सानदार सुरुवात गरेको छ । सिटीको जितमा विंगर रहिम स्टरलिङले ह्याट्रिक पूरा गरे ।

सिटीले खेलको २५ औं मिनेटमा अग्रता लिएको थियो । काउन्टर अट्याकमा काइल वाल्करले दिएको लो क्रसलाई ग्याब्रीएल जेससले गोलको दिशा दिँदै सिटीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ले अगाडी रहेको सिटीका लागि रहिम स्टरलिङले ५१ औं मिनेटमा दोस्रो गोल थपे । उनले पेनाल्टी क्षेत्रभित्र केभीन डे ब्रुएनको पासलाई वेस्ट ह्यामका गोलरक्षकको खुट्टा मुनिबाट गोल गरेका थिए ।

त्यसपछि सिटीका लागि जेससले गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) ले उक्त गोल अफसाइड भएका कारण मान्यता दिएन । ७५ औं मिनेटमा स्टरलिङले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३-० ले अगाडी बढाए । वैकल्पिक खेलाडी रियाद माहरेजको उत्कृष्ट चिप पासमा स्टरलिङले उत्कृष्ट फिनिस गर्दै गोल गरे ।

वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका सर्जियो अगुएरोले ८६ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै सिटीलाई ४-० को अग्रता दिलाए । माहरेजलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि सिटीले पेनाल्टी पाएको थियो । पहिलो प्रहार गोलरक्षकले बचाएको अवस्थामा वेस्ट ह्यामका खेलाडी प्रहार गर्नुअघि नै पेनाल्टी क्षेत्रभित्र पस्दा र गोलरक्षक लाइनबाहिर निस्कँदा दोस्रो प्रहार लिइएको थियो ।

इन्ज्युरी समयको पहिलो मिनेटमा स्टरलिङले ह्याट्रिक पूरा गर्दै जित पक्का गरे । उनले रियाद माहरेजको उत्कृष्ट थ्रु बललाई पेनाल्टी क्षेत्रभित्र बढाउँदै गोल गरेका थिए । यस जितसँगै सिटीले नयाँ सिजनको पहिलो खेलमा ३ अंक जोडेको छ ।

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

December 17, 2025

चेल्सी लिग कपको सेमिफाइनलमा

एजेन्सी – चेल्सीले कार्डिफ सिटीलाई ३-१ ले पराजित गर्दै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। यो जितसँगै चेल्सी सेमिफाइनल पुग्ने पहिलो टोली बनेको हो। खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका आलेहान्द्रो गार्नाचो र पेद्रो नेटो चेल्सीका लागि निर्णायक बने। शनिबार एभर्टनविरुद्ध जितपछि प्रशिक्षक एन्जो मारेस्काले टोलीमा धेरै परिवर्तन गरेका कारण चेल्सीले सुरुवातमा लय समात्न सकेन। […]

Success

Thank you for your time.