6 years ago
August 10, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द सम्मिलित इन्डोनेसियाको पर्सिजा यो सिजन निकै दबाबमा परेको छ । साविक विजेताका हैसियतमा सिजनको सुरुवात गरेको पर्सिजा ९ खेलमा १ खेल मात्र जित्न सकेको छ ।

शनिबार भयंकरासँगको खेलमा पर्सिजाले १–१ को बराबरी खेलेको हो । मारिओ सिमिकले २८ औं मिनेटमा दिलाएको अग्रतालाई पर्सिजाले जोगाउन सकेन । पहिलो हाफमै भयंकराले बराबरी गोल फर्काएको थियो । ४१ औं मिेनटमा एन्डरसन सालेसले बराबरी गोल गरेका थिए ।
गत वर्ष लिगका सर्वोत्कृष्ट रोहितले शनिबारको खेल पुरै समय खेलेका थिए । ९ खेलमा मात्र ८ अंक जोडेको पर्सिजा रेगिलेसन क्षेत्रमा छ । १ जित ५ बराबरी र ३ हारका साथ टोली १७ औं स्थानमा छ । इन्डोनेसियाको लिग १ मा १८ टोली छन् । १३ खेलमै २९ अंक जोड्दै तिरा पेर्सिकाबो शीर्षस्थानमा रहेको छ ।
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]
December 17, 2025
एजेन्सी – चेल्सीले कार्डिफ सिटीलाई ३-१ ले पराजित गर्दै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। यो जितसँगै चेल्सी सेमिफाइनल पुग्ने पहिलो टोली बनेको हो। खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका आलेहान्द्रो गार्नाचो र पेद्रो नेटो चेल्सीका लागि निर्णायक बने। शनिबार एभर्टनविरुद्ध जितपछि प्रशिक्षक एन्जो मारेस्काले टोलीमा धेरै परिवर्तन गरेका कारण चेल्सीले सुरुवातमा लय समात्न सकेन। […]