default_image

6 years ago

August 10, 2019

जावलाखेलको अध्यक्षमा क्षेत्री निर्वाचित

116 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन टोली जावलाखेल युथ क्लबमा नेतृत्व परिवर्तन भएको छ । अध्यक्ष मेहन्द्र क्षेत्रीसहित अधिकांश पदमा उनको प्यानल विजयी भएको छ ।

अध्यक्ष मेहन्द्र क्षेत्री ।


शनिबार भएको निर्वाचनमा क्षेत्रीले अध्यक्षमा ठूलोभाई केसीलाई १ सय १० मतको अन्तरले पराजित गरेका थिए । क्षेत्रले २ सय ४१ र केसीले १ सय ३१ मत प्राप्त गरेका थिए ।

तीन उपाध्यक्षमा उज्वल कर्माचार्य, किरोजमान सिंह र समिर केसी विजयी भए । पवन गिरी महासचिवमा, कविर बस्नेत सचिवमा र महेशचन्द्र महत कोषाध्यक्षमा चयन भए । त्यस्तै सदस्यमा रवि खड्का, राजु बोगटी, विकास कार्की, सुनिल केसी, निरज खड्का, नरेश थापा र प्रदीप तन्डुकार विजयी भए ।

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

December 17, 2025

चेल्सी लिग कपको सेमिफाइनलमा

एजेन्सी – चेल्सीले कार्डिफ सिटीलाई ३-१ ले पराजित गर्दै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। यो जितसँगै चेल्सी सेमिफाइनल पुग्ने पहिलो टोली बनेको हो। खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका आलेहान्द्रो गार्नाचो र पेद्रो नेटो चेल्सीका लागि निर्णायक बने। शनिबार एभर्टनविरुद्ध जितपछि प्रशिक्षक एन्जो मारेस्काले टोलीमा धेरै परिवर्तन गरेका कारण चेल्सीले सुरुवातमा लय समात्न सकेन। […]

Success

Thank you for your time.