6 years ago
August 11, 2019
एजेन्सी – पोर्चुगिज युवा सनसनी फरवार्ड जोओ फेलिक्सले दुई गोल गरेपछि इन्टरनेसनल च्याम्पियन्स कपमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले अर्का सुपरस्टार क्रिस्टियानो रोनाल्डोसम्मिलित इटालियन क्लब युभेन्टसलाई पराजित गरेको छ ।

शनिबार राति स्वीडेनस्थित फ्रेन्डस् एरिना सोल्नामा भएको खेलमा एट्लेटिकोले युभेन्टसलाई २–१ ले पराजित गरेको हो ।

खेलको २४औं मिनेटमा म्याड्रिड फेलिक्सको गोलबाट अघि बढेको थियो । २९औं मिनेटमा सामी खेडिराले बराबरी गोल फर्काए । तर, ३३औं मिनेटमा फेलिक्सले व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई खेलमा २–१ ले अघि बढाए ।

त्यसपछि थप गोल निस्कन नसक्दा एट्लेटिको २–१ ले विजयी हुन सफल भयो । यसै सिजन पोर्चुगिज क्लब बेन्फिकाबाट ११३ मिलियन पाउन्डमा एट्लेटिको म्याड्रिड पुगेका फेलिक्सले सुरुवातमै क्लबमा उच्च प्रदर्शन गर्दै प्रभाव जमाउने संकेत दिएका छन् ।
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]
December 17, 2025
एजेन्सी – चेल्सीले कार्डिफ सिटीलाई ३-१ ले पराजित गर्दै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। यो जितसँगै चेल्सी सेमिफाइनल पुग्ने पहिलो टोली बनेको हो। खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका आलेहान्द्रो गार्नाचो र पेद्रो नेटो चेल्सीका लागि निर्णायक बने। शनिबार एभर्टनविरुद्ध जितपछि प्रशिक्षक एन्जो मारेस्काले टोलीमा धेरै परिवर्तन गरेका कारण चेल्सीले सुरुवातमा लय समात्न सकेन। […]