6 years ago
August 11, 2019
एजेन्सी – प्रि–सिजनको मैत्रीपुर्ण खेलमा क्याटलान क्लब बार्सिलोनाले इटालियन क्लब एसएस नेपोलीमाथि सानदार जित निकालेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले नेपोलीमाथि ४–० को फराकिलो जित निकालेको हो । बार्सिलोनाको फराकिलो जितमा लुइस सुआरेजले २ तथा एन्टोइन ग्रिजमन र औसमाने डेम्वेलेले गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि बार्सिलोनाले दोस्रो हाफमा उच्च प्रदर्शन गर्दै ४ गोल गर्न सफल भएको थियो ।

४८औं मिनेटमा सुआरेजको गोलबाट बार्सिलोनाले गोलको खाता खोलेको थियो । ५६औं मिनेटमा एन्टोइन ग्रिजमनले बार्सिलोनाको अग्रता दोब्बर बनाए । यसै सिजन बार्सिलोना पुगेका ग्रिजमनले बार्सिलोनाका लागि पहिलो गोल गर्न सफल भए ।
त्यसको दुई मिनेटपछि नै सुआरेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको जित पक्का गरेका थिए । ६३औं मिनेटमा औसमाने डेम्वेलेले गोल गर्दै बार्सिलोनालाई ४–० को फराकिलो जित दिलाए ।

यस्तै अर्काे मैत्रीपुर्ण खेलमा इटालियन क्लब एसी मिलानले फिरोनीकेलीलाई २–० ले पराजित गरेको छ । मिलानको जितमा सुसो र फावियो बोरिनीले गोल गरे ।
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]
December 17, 2025
एजेन्सी – चेल्सीले कार्डिफ सिटीलाई ३-१ ले पराजित गर्दै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। यो जितसँगै चेल्सी सेमिफाइनल पुग्ने पहिलो टोली बनेको हो। खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका आलेहान्द्रो गार्नाचो र पेद्रो नेटो चेल्सीका लागि निर्णायक बने। शनिबार एभर्टनविरुद्ध जितपछि प्रशिक्षक एन्जो मारेस्काले टोलीमा धेरै परिवर्तन गरेका कारण चेल्सीले सुरुवातमा लय समात्न सकेन। […]