default_image

6 years ago

August 13, 2019

डच स्टार स्नाइडरद्वारा सन्न्यासको घोषणा

141 views

0 Bookmark

एजेन्सी – डच अट्याकिङ मिडफिल्डर वेस्ली स्नाइडरले सबैखाले फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । ३५ वर्षीय रियाल म्याड्रिड, इन्टर मिलानका मिडफिल्डर स्नाइडरले मंगलबार सबैखाले फुटबलबाट सन्न्यासको घोषणा गरेका हुन् ।

स्नाइडर पछिल्लो समय कतारी क्लब एल घाराफामा रहेर व्यवसायिक फुटबल खेलिरहेका थिए । सन्न्यासको घोषणा गर्दै स्नाइडरले आफ्नो जन्मस्थानमा केही गर्ने मनासय रहेको बताएका छन् ।

डच क्लब आयाक्स एकेडेमीमा उत्पादन स्नाइडरले ४ मार्च २०१८ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गर्दै केही समय क्लब फुटबलमा रम्ने बताएका थिए ।

आफ्नो समयको छरिता मिडफिल्डर स्नाइडरले नेदरल्यान्डका लागि १३४ खेल खेल्दै ३१ गोल गरेका छन् । उनी नेदरल्यान्डभन्दा सबैभन्दा धेरै क्याप जित्ने खेलाडी हुन् । ३० अप्रिल २००३ मा सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका स्नाइडरले राष्ट्रका लागि ६ सेप्टेम्वर २०१८ मा पेरुविरुछ २–१ को जित निकालेको अन्तिम खेल खेले ।

उनले नेदरल्यान्डलाई सन् २०१० को विश्वकपको फाइनलमा पुर्याउन तथा २०१४ मा तेस्रो स्थान दिलाउन महत्त्वपुर्ण भूमिका निभाएका थिए । क्लब फुटबलमा आयाक्सबाट शुरु भएको व्यवसायिक यात्रा रियाल म्याड्रिड, इन्टर मिलान, गालाटसारे, नाइस र एल घाराफासम्म पुगे । उनले क्लब फुटबलमा ४०५ खेल खेल्दै ११७ गोल गरेका छन् । सन् २०१० मा राष्ट्रिय टोली र इटालियन क्लब इन्टर मिलानबाट च्याम्पियन्स लिग जितेपनि उनी ब्यालोन डि’अरबाट बन्चित भएका थिए ।

क्लब फुटबलमा स्नाइडरले आयाक्सबाट डच लिग, केएनभीबी कप, योहान क्रुफ शिल्ड, रियालबाट स्पेनिस ला लिगा, इन्टर मिलानबाट सिरी ‘ए’, कोपा इटालिया, सुपर कोपा इटालिया, युइएफए च्याम्पियन्स लिग, फिफा क्लब वल्डकप, गालाटसारेबाट सुपर लिग, टर्किस कप, टर्किस सुपर कप र एल घाराफाबाट कतारी स्टार्स कपको उपाधि जितेका छन् ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.