6 years ago
August 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल महिला फुटबल टोली यति बेला स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी जुटिसकेको छ । यसै सिलसिलामा तयारीलाई अझै परिस्कृत बनाउनका लागि नेपाली टोलीले किर्गिस्तानमा हुने नादेझ्दा कप फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने तय भएको छ ।

प्रतियोगिताको खेल तालिका अनुसार सहभागी सबै टोलीले ५ दिनमा ४ खेल खेल्नु पर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिएको जानकारी अनुसार नादेझ्दा कप भदौ २२ देखि २६ गते सम्म आयोजना हुनेछ ।
नेपाल आयोजक किर्गिस्तानसँगै ताजिकिस्तान र उज्वेकिस्तानले प्रतियोगितामा भाग लिनेछन् । सहभागी सबै टोलीले भदौ २२ देखि २४ गते सम्म लगातार तीन खेल खेल्नुपर्नेछ । २५ गते विश्राम र २६ गते पुनः खेल खेल्नु पर्ने एन्फाले जनाएको छ ।
नेपालले आयोजक किर्गिस्तानसँग भदौ २२ गते खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । दोस्रो खेलमा उज्वेकिस्तानको सामना गर्ने नेपालले भदौ २४ गते ताजकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । तेस्रो स्थान र फाइनल खेल भदौ २६ गते हुनेछ ।

नेपाली महिला फुटबल टोलीले पछिल्लो केहि सातायता स्वदेशमा आयोजना हुने १३ औं सागको लागि प्रशिक्षण गरिरहेको छ । प्रशिक्षक हरि खड्काले ४२ खेलाडी समेट्दै प्रशिक्षण गराइरहेका छन् । चैतमा साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोली त्यसअघि भारतमा भएको हिरो गोल्डकपमा पनि उपविजेता नै बनेको थियो ।
नेपाली टोली गत वर्ष ओलम्पिकको दोस्रो चरणमा पुग्न सफल भएको थियो । नेपालमा हुने १३ औं सागमा नेपालले स्वर्ण पदक जित्ने लक्ष्यसहित तयारीमा जुटेको छ । पछिल्लो तीनै संस्करणमा फाइनल खेलेको नेपालले उपाधि जित्न सकेको छैन । १३ औं साग काठमाडौं र पोखरामा मंसिर १५ देखि २४ गते सम्म आयोजना गर्ने तय भएको छ ।
नादेझ्दा कप फुटबल प्रतियोगिता
मिति खेल
२०७६ भदौ २२ गते ताजकिस्तानविरुद्ध उज्वेकिस्तान
नेपालविरुद्ध किर्गिस्तान
२०७६ भदौ २३ गते नेपालविरुद्ध उज्वेकिस्तान
ताजकिस्तानविरुद्ध किर्गिस्तान
२०७६ भदौ २४ गते नेपालविरुद्ध ताजकिस्तान
किर्गिस्तानविरुद्ध उज्वेकिस्तान
२०७६ भदौ २६ गते तेस्रो स्थान
फाइनल
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]