6 years ago
August 14, 2019
एजेन्सी – चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्डले चर्को आलोचनाका वावजुद पनि क्लबका युवा खेलाडी मौका दिन नछाड्ने प्रष्ट पारेका छन् । प्रिमियर लिगमा सिजनको पहिलो खेल म्यानचेस्टर युनाइटेडसँग ४–० ले गुमाएपछि चेल्सीका प्रशिक्षक लाम्पार्डको आलोचना भएको थियो । त्यसमा चेल्सी र युनाइटेडका पूर्व प्रशिक्षक जोजे माउरिन्हो मुख्य छन् ।

लाम्पार्डले कर्ट जुमा, आन्द्रेस क्रिस्टिन्सन, मासोन माउन्ट र टमी अब्राहमलाई पहिलो रोजाइमा उतारेका थिए । खेलपछि माउरिन्होले माउन्टको चर्को आलोचना गरेका थिए । तर, लाम्पार्डले आफ्नो छनोटमा कुनै कमजोरी नभएको बताएका छन् । उनले माउन्ट र टोलीका युवा खेलाडी मौका पाउनका लागि हकदार रहेको संकेत गरेका छन् ।
‘ एगोलो कान्टे चोटग्रस्त छन्,’ बुधबार लिभरपुलसँग सुपर कप खेल्ने तयारीमा रहेको चेल्सीका प्रशिक्षक लाम्पार्डले भने, ‘उनी कति महत्त्वपूर्ण खेलाडी हुन् मलाई थाहा छ । युनाइटेडसँगको खेलका दौरान उनलाई थप चोट लाग्यो । चोट कस्तो छ त्यो हेर्नुछ ।’
उनले आफ्नो निर्णयको बचाउ गर्ने क्रममा खेल जित्ने उद्देश्यका साथ टोली तयार पारेको बताएका छन् । उनले उमेरलाई मुद्दा मान्न चाहेनन् । ‘क्षमताका आधारमा माउन्टले मौका पाउनु पथ्र्यो,’ उनले भने, ‘मलाई युवा खेलाडीलाई खेलाउन कुनै डर छैन । हामीले कसरी सेट अप गछौं त्यो महत्वपूर्ण हो । हाम्रा केहि खेलाडीको आक्रम कताबाट म प्रभावित छु । ‘

लाम्पार्डले माउन्टको कसैसँग तुलना गर्न उचित ठानेनन् । ‘म कसैसँग तुलना गर्न चाहन्न । उनले आफ्नो ठाँउमा निकै महेनत गरेका छन् । उनले कसरी खेले त्यो महत्वपूर्ण हो,’ उनले थपे, ‘उनले राम्रो प्रदर्शन गरे । म उनको ठूलो समर्थ हु । ‘ लाम्पार्डले टोलीका थ्रुपै अनुभवी खेलाडीसँगै युवा खोलडीलाई पनि मौका दिने प्रष्ट पारेका छन् । तर, बुधबारको खेलका लागि चोट मुख्य चुनौति हुन सक्ने संकेत गरे ।
‘कान्टेको अझै सानो चोट छ । म उनीसँग सोधेरै उनको बारेमा निर्णय गर्ने छु ,’ उनले भने,’ विलियन र रुडिगर पनि छन् । उनीहरु अर्को स्तरमा छन् । विलियन पनि फिट हुने क्रममा छन् । तर उनलाई चुनौतिपूर्ण खेलमा उतार्नु जोखिम हुन सक्छ । उनले यो साताबाट फिटनेसमा काम गन थालेका छन् । सायद उनी बेन्चमा हुन सक्छ । रुडिगरको अवस्था पनि त्यस्तै हो ।’
कतिपयले चेल्सीले इडन हाजार्डको विकल्प छिटो तयार पार्नुपर्ने बताएका छन् । हाजार्ड यहि सिजन चेल्सीबाट स्पेनिस सफल टोली रियल म्याड्रिड गएका थिए । ‘ म हाजार्डको ठूलो फ्यान हु । उनी विश्व फुटबलका उत्कृष्ट खेलाडीम मध्ये एक हुन् । समयक्रमसँग उनी चेल्सका लागि एक प्रभावशाली नेता थिए,’ लाम्पार्डले भने,’ व्यक्तिगत रुपमा उनको विकल्प पाउन कठिन छ । तर हामी सकारात्मक पक्ष भने हामी टोलीका रुपमा तयार छौं । समयसँगै अघि बढ्ने हो । हाजार्ड, टेरी, ड्रोग्बा कुनै बेलाका महत्त्वपूर्ण खेलाडी हुन् । ‘
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]