default_image

6 years ago

August 14, 2019

च्याम्पियन्स लिग : आयाक्स प्लेअफमा, पोर्टो बाहिरियो!

163 views

0 Bookmark

एजेन्सी – अघिल्लो सिजन उच्च प्रदर्शन गर्दै अविश्वनीय रुपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको डच क्लब आयाक्स यूईएफए च्याम्पियन्स लिगको प्ले अफमा पुग्न सफल भएको छ ।

मंगलबार राति भएको छनोटमा आयाक्सले पछि परेको स्थिति उल्ट्याएर पाओक थिसालोनिकीलाई ३–२ को जित निकाल्दै बालबाल प्ले अफमा स्थान बनाउन सफल भएको हो । आयाक्सले समग्रमा ५–४ को जित निकालेको हो ।

घरेलु मैदानमा आयाक्स खेलको २३औं मिनेटमा पछि परेको थियो । डिएगो विशेषवारले गोल गरेका थिए । ४३औं मिनेटमा डुसान टाडिकले बराबरी गोल फर्काए । ७९औं मिनेटमा निकोलसले गोल गर्दै आयाक्सलाई २–१ ले अघि बढाए । ८५औं मिेनटमा डुसान टाडिकले व्यक्तिगत दोस्रो गोल गर्दै आयाक्सलाई जितको बाटोमा उभ्याए ।

९०औं मिनेटमा डिएगोले गोल गरेपनि पाओकको हार टार्न सकेन । डच च्याम्पियन आयाक्सले अब च्याम्पियन्स लिगको समुह चरणमा स्थान बनाउन अपोइल निकोसियासँग प्रतिस्पर्धा गर्नेछ । अपोइलले क्वारावागमाथि समग्रमा ३–२ को जित निकालेको थियो ।

यता, पोर्चुगिज क्लब एएफसी पोर्टो च्याम्पियन्स लिग छनोटबाट बाहिरिएको छ । रसियन क्लब एफसी क्रास्नोडारसँग अवे गोलमा पछि पर्दै पोर्टाे छनोटबाटै बाहिरिएको हो । पोर्चुगलको क्लब पोर्टो पहिलो लेगमा १–० ले अघि थियो ।

तर दोस्रो लेगको खेलमा ३४ मिनेटभित्र ३–० ले पछि परेपछि पोर्टाेको सम्भाावना सकिएको हो । स्रो हाफमा जी लुईज र लुईस डियाजले एक एक गोल गरेपनि टोलीको हार टार्न भने सकेनन् । २००४ मा उपाधि जितेको पोर्टो २०१०–११ को सिजनपछि पहिलोपटक प्रतियोगिताबाट बाहिरिएको हो ।

अन्य खेलको नतिजा
क्वारावागविरुद्ध अपोइल (२–) समग्रमा
रोसेनवर्गविरुद्ध मारिवोर (–१) समग्रमा
डाइनामो किभविरुद्ध क्लब ब्रग (३–) समग्रमा
कोवेनहेवनविरुद्ध जेभेझ्दा (२–) समग्रमा
फेरेनभारोसविरुद्ध डाइनामो जाग्रिव (१–५) समग्रमा
लास्कविरुद्ध बसेल (–२) समग्रमा
ओलम्पियाकोसविरुद्ध इस्तानुबुल (–०) समग्रमा
सेल्टिकविरुद्ध सीएफआर क्लज (४–) समग्रमा

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.