default_image

6 years ago

August 14, 2019

पेरिसिच बायर्नमा अनुबन्धित

123 views

0 Bookmark

एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखले क्रोएसियाका फरवार्ड इभान पेरिसिचलाई इटालियन क्लब इन्टर मिलानबाट लोनमा अनुबन्ध गरेको छ ।

सन् २०१८ को विश्वकपमा क्रोएसियाले फाइनल यात्रा तय गर्दा टोलीका महत्त्वपूर्ण सदस्य रहेका पेरिसिचले यसअघि नै जर्मन लिग खेलिसकेका छन् । उनले बोरुसिया डर्टमुन्ड र भिएफएल वलफ्सबर्गबाट सन् २०११ र २०१५ को बिचमा खेलेका थिए । बायर्नले उनलाई पहिलो सिजन लोन र अर्को सिजन खरिद गर्ने विकल्प सहित अनुबन्ध गरेको हो ।

३० वर्षीय फरवार्डले आर्जेन रोबेन र फ्रान्क रिबेरीको प्रस्थानपछि बायर्नको विंगमा अनुभव थप्नेछन् । बायर्नमा हाल सर्ज गनाब्री र किङस्ले कोमानका रुपमा युवा विंगर रहेका छन् । कोमन पछिल्लो समय चोटले ग्रस्त रहेका हुनाले पनि पेरिसिचको भूमिका अहम रहनेछ ।

बायर्नका खेलकुद निर्देशक हसन सलिहमिदिजले पेरिसिचको अनुभवले टोलीलाई निकै फाइदा पुग्ने बताए । ‘इभान सिधै हाम्रो टोलीको आक्रमणमा मिसिन सक्ने खेलाडी हुन् । उनले जर्मन लिग नजिकबाट नियालेका छन् र प्रशिक्षक कोभाचसँग पनि काम गरेको अनुभव छ । उनको खेल्ने शैली र आक्रमणमा जहाँ पनि खेल्न सक्ने क्षमताले हामीलाई फाइदा हुनेछ,’ उनले भने ।

रोबेन र रिबेरीले बायर्न छाडिसकेका छन्

बायर्नले यसअघि म्यानचेस्टर सिटीका मिडफिल्डर लेरोय सानेलाई अनुबन्धन गर्ने प्रयास गरेको थियो । तर २३ वर्षीय जर्मन मिडफिल्डर साने कम्युनिटी सिल्ड खेलका क्रममा लिभरपुलविरुद्ध घाइते भएपछि उक्त प्रक्रिया अगाडि बढेन । साने एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल) को चोटका कारण झन्डै ९ महिना बाहिर रहनेछन् ।

सिजनको पहिलो खेलमा बायर्नले सुखद सुरुवात गर्न सकेन । जर्मन सुपर कपमा डर्टमुन्डसँग पराजित बायर्नले लिगको पहिलो खेलमा शुक्रबार हर्था बर्लिनको सामना गर्नेछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.