default_image

5 years ago

August 14, 2019

नेपाली टोली र मलेसियाली क्लबबीच मैत्रीपूर्ण खेल हुने !

काठमाडौं (हाम्रो खेलकुद)– विश्व कप छनोटअन्तर्गत कुवेतसँग पहिलो खेल खेल्नुअघि नेपाली राष्ट्रिय फुटबल टोलीले मलेसियाको क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । नेपाली टोलीले भदौ ९ गते मलेसिया सुपर लिग च्याम्प्यिन जोहार डारुल टा जिम एफसीसँग जोहार सिटीमा मैत्रीपूर्ण खेल खेल्ने भएको छ । त्यसको दश दिनपछि […]

27 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– विश्व कप छनोटअन्तर्गत कुवेतसँग पहिलो खेल खेल्नुअघि नेपाली राष्ट्रिय फुटबल टोलीले मलेसियाको क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

नेपाली टोलीले भदौ ९ गते मलेसिया सुपर लिग च्याम्प्यिन जोहार डारुल टा जिम एफसीसँग जोहार सिटीमा मैत्रीपूर्ण खेल खेल्ने भएको छ । त्यसको दश दिनपछि भदौ १९ मा नेपालले कुवेतसँग खेल्नेछ ।

नेपाल, कुवेत, अस्ट्रेलिया, जोडर्न र चाइनिज ताइपे एसियाली विश्व कप छनोटका समूह ‘बी’ मा छन् । मैत्रीपूर्ण खेल तय भएपछि नेपाली टोलीका प्रशिक्षक योहान कालिनले खुसी व्यक्ति गरेका छन् ।
‘त्यो मैत्रीपूर्ण खेल हाम्रा लागि राम्रो अवसर हुनेछ ,’ कालिनले भने,‘ हाम्रा खेलाडीले प्रशिक्षणमा राम्रो मेहनत गरिरहेका छन् । हामीले आफ्नो क्षमता परिक्षणका लागि पनि बलियो टोलीसँग खेल्न आवश्यक छ ।

नेपाल र कुवेतबीच मार्चमा भएको पछिल्लो दुई खेलमा एउटा गोलरहित बराबरीमा टुंगिको थियो भने अर्को खेलमा नेपाल १–० ले पराजित भएको थियो ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.