default_image

6 years ago

August 14, 2019

‘इब्राहिमोभिच र रोनाल्डो उस्तै !’

202 views

0 Bookmark

एजेन्सी – ज्लाटान इब्राहिमोभिचको शारीरिक अवस्था हेर्दा उनले सिरि ‘ए’ मा अझै प्रभाव पार्न सक्ने युभेन्ट्सका पूर्व प्रशिक्षक लुसियानो मोग्गीलेब बताएका छन् । स्विडेन फुटबल टोलीका पूर्व कप्तान ३७ वर्षे इब्राहिमोभिच अहिले अमेरिकामा लस एन्जल्स ग्यालेक्सीबाट व्यवासहिक फुटबल खेल्दै आएका छन् ।

मेजर लिग सकरको यो सिजनमा उनले १९ खेलमा १६ गोल गरिसकेका छन् । इब्राहिमोभिच फेरि पनि युरो फर्कन सक्ने चर्चा समय समयमा चल्ने गरेको छ । मोग्गीले सिरि ए टोली फियोरेन्टिनाले उनी जस्ता स्ट्राइकरलाई ल्याउन सके त्यसले फाइनल पुग्ने बताएका छन् ।

‘ उनलाई ल्याउन सके पक्कै फाइदा पुग्नेछ,’ मोग्गीले भने, ‘यो उमेरमा पनि उनको शारीरिक बनाउट हेर्दा उनमा त्यो क्षमता छ । उनी क्रिस्टियानो रोनाल्डो जस्तै छन् । उनले अमेरिकामा अहिले पनि आफ्नो क्षमता देखाइरहेका छन् ।’

सिरिएमा खेल्न सहज नभएको स्वीकार गर्दै त्यसका बाबजुद पनि इब्राहिमोभिचले प्रभाव जमाउन सक्नेमा मोग्गी विश्वस्त छन् । फोयोरेन्टिनाले उनलाई भित्राउन सके उनीबाट युवा खेलाडीले पनि धेरै सिक्ने पाउने मोग्गीको विश्वास छ । एलए अहिले एमएलए वेस्र्टन कन्फ्रेन्सको पाँचौं स्थानमा छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.