default_image

6 years ago

August 15, 2019

लिभरपुललाई युरोपेली सुपर कप उपाधि

117 views

0 Bookmark

एजेन्सी – च्याम्पियन्स लिग विजेता लिभरपुलले यस सिजनको युरोपेली सुपर कप जितेको छ । टाइब्रेकरमा युरोपा लिग च्याम्पियन चेल्सीलाई ५-४ ले पराजित गर्दै लिभरपुल च्याम्पियन बनेको हो । त्यसअघि अतिरिक्त समयसम्म लम्बिएको खेल २-२ मा सकिएको थियो ।

चेल्सीले पहिलो हाफको ३६ औं मिनेटमा अग्रता लिएको थियो । फ्रान्सेली फरवार्ड ओलिभिएर जिरुडले क्रिस्टियन पुलिसिकको पासमा उत्कृष्ट फिनिस गरेका थिए । तर दोस्रो हाफको सुरुवातमा नै साडियो मानेले खेल बराबरीमा ल्याए । निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएपछि खेल ३० मिनेट समय थप गरिएको थियो ।

अतिरिक्त समयको ९५ औं मिनेटमा मानेले नै लिभरपुललाई अगाडी बढाए । रोबर्टो फिर्मिनोको असिस्टमा उनले गोल गरेका थिए । त्यसको ६ मिनेट नबित्दै चेल्सीले पेनाल्टीको मौका पायो । गोलरक्षक एड्रीएनले अब्राहमलाई लडाएपछि पाएको पेनाल्टीमा इटालियन मिडफिल्डर जोर्जिन्होले गोल गर्दै खेल बराबरीमा ल्याए ।

टाइब्रेकरमा लिभरपुलको सबै प्रहार सफल हुँदा चेल्सीका ट्यामी अब्राहम निर्णायक प्रहारमा चुके । लिभरपुलका गोलरक्षक एड्रीएनले उनको प्रहार बचाउँदै उपाधि दिलाए । यो लिभरपुलको चौथो सुपर कप उपाधि हो । बार्सिलोना र एसी मिलानले लिभरपुलभन्दा बढी ५-५ पटक यो उपाधि जितेका छन् । चेल्सी भने लगातार तेस्रो पटक सुपर कप खेलमा पराजित भएको छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.