default_image

6 years ago

August 15, 2019

डिबालाको दुई गोलमा युभेन्टस विजयी

102 views

0 Bookmark

एजेन्सी – युभेन्टसमा भविष्य अनिश्चित जस्तै रहेको अर्जेन्टाइन पाउलो डिब्यालाले मैत्रीपुर्ण खेलमा दुई गोल गर्दै क्लबमै रहने संकेत दिएको छ ।

टुरिन नजिकै रहेको फ्यामिली फ्रेन्डली अन्तर्गत युभेन्टस ‘बी’ लाई युभेन्टस ‘ए’ ले ३–१ ले पराजित गरेको हो ।

यो खेलमा स्टार फरवार्ड रोनाल्डोलाई विश्राम लिएका थिए । डिबालाले पाएको मौकालाई सदुपयोग गरे । प्रशिक्षक मौरिसियो सार्रीले यसअघि डिबालालाई आफ्नो रोजाईमा नराखेपछि इकार्डीलाई अनुबन्ध गर्ने प्रयासमा रहेको बुझिएको थियो । तर डिबालाले युभेन्टसमै रहने बताएपछि क्लबले उनलाई प्रयोग गरेको हो ।

युभेन्टसले सिरी ‘ए’ शुरु हुनुअघि तयारी स्वरुप मैत्रीपुर्ण खेल खेलेको हो । युभेन्टसले २४ अक्टोबरमा पार्मासँग खेल्दै सिरी ‘ए’ शुरुवात गर्दैछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.