6 years ago
August 16, 2019
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले यो सिजनको ला लिगा अन्तर्गतको पहिलो खेल गुमाउने भएका छन् ।

मेस्सीले चोटका कारण आगामी शुक्रबार एथ्लेटिक बिल्वाओविरुद्धको ला लिगाको पहिलो खेल गुमाउने प्रशिक्षक इर्निस्टो भालभेर्डेले बताएका छन् ।
प्रशिक्षक भालभेर्डेले बिल्वाओविरुद्धको खेलका लागि मेस्सीलाई टोलीमा समेटेका छैनन् । मेस्सीले बार्सिलोनाको प्रशिक्षणमा जोडिएको पहिलो दिन नै पिडौंलामा चोट बोक्न पुगेका थिए । त्यसयता उनी नियमित थेरापीमा छन् ।
प्रशिक्षक भालभर्डेले मेस्सीलाई एथ्लेटिक बिल्वाओविरुद्ध खेलाएर जोखिम नमोल्ने बताएका छन् । ‘३२ वर्षीय मेस्सीलाई लिएर म कुनै जोखिन मोल्न चाहन्न । उनी शतप्रतिशत फिट नहुँदासम्म पर्खने निर्णय लिएका छौं,’ प्रशिक्षकले भालभर्डेले थपेका छन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]