6 years ago
August 20, 2019
एजेन्सी – बार्सिलोनाका सुपर स्टार लियोन मेस्सीको लागि पछिल्लो सिजन उत्कृष्ट रह्यो । च्याम्पियन्स लिगमा उनको टोलीलाई सफलता नमिले पनि लगातार ला लिगा टोलीलाई जिताउनेमा उनको भूमिका अरु बर्ष जस्तै महत्वपूर्ण रह्यो ।

उनले आफ्नो खेल जीवनमा व्यक्तिगत उपाधि पनि थ्रुपै जितिसकेका छन् । बालोन डी ओर मात्रै उनले आफ्नो जीवनमा ५ पटक जितिसकेका छन् । युरोपका अन्य व्यक्तिगत उपाधि लगभग सबै जितेपनि उनले अहिले सम्म पुस्कास अवार्ड भने जित्न सकेका छैनन् ।
यो वर्ष सबै व्यक्तिगत पुरस्कारमा दाबेदारका रुपमा रहेको मेस्सी आफै पक्कै पनि पुस्कार अवार्ड पनि जित्न चाहन्छन् । सोमबार गरिएको पुस्कास अवार्डको मनोनयमा मेस्सी समेटिएका छन् । यो अवार्डका लागि मेस्सी सातौं पटक मनोनयमा परेका छन् ।
सिजनको उत्कृष्ट गोलका आधारमा पुस्कास अवार्डको मनोनयन गरिएको हुन्छ । यो अवार्डका लागि मेस्सीपछि नेयमार ५ पटक, ज्लाटान इब्राहिमोभिच ४ पटक तथा क्रिस्टियानो रोनाल्डो २ पटक मनोनयनमा परेका छन् । सन् २००९ मा नै रोनाल्डोले उक्त अवार्ड जितेका थिए ।
अहिले सम्म पुस्कार अवार्ड रोनाल्डो, नेयमार, हामेस रोड्रिग्वेज, ओलिभर जिर्रोड र इब्राहिमोभिचले जितेका छन् । इब्राहिमोभिच यसपटक पनि मनोनयमा परेका छन् । मेस्सी र इब्राहिमोभिचसहित यसपटक मनोनयमा म्याथुज चुन्हा, अजरा एचोट, फाबियो क्लाग्लिएर्ला, हुवान फर्नेनान्डो क्वान्टिरो, एमी रोड्रिग्वेज, बिली सिम्पसन, आन्द्रोस टाउसेन्ड र डानियल सोरी छन् ।
फिफाको अफिसियल वेबसाइटमा समर्थहरुले सेप्टेम्बर १ सम्म भोट गर्न पाउने बताइएको छ । मतपछि फिफाका तीन सदस्यीय टोलीले विजेताको घोषणा गर्नेछन् । सेप्टेम्बर २३ मा मिलानमा हुने द बेस्ट अवार्डकै दौरान पुस्कास अवार्डको विजेता घोषणा गरिनेछ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]