6 years ago
August 21, 2019
एजेन्सी – चोटग्रस्त चेल्सीका कलुम हड्सन ओडोइ र एन्टेनियो रुडिगर चेल्सीको प्रशिक्षणमा फर्किएका छन् ।

इंग्ल्यान्डका १८ वर्षीय फरवार्ड करिव ४ महिनापछि चेल्सीको प्रशिक्षणमा फर्किएका हुन् । कलुम गत अप्रिलपछि चेल्सीको पुर्ण प्रशिक्षणमा फर्किएको हो ।
यस्तै जर्मन डिफेन्डर एन्टेनियो रुडिगरले चेल्सीको यु–२३ टोलीबाट खेल्दै आफु पुर्ण फिटर रहेको संकेत दिएका छन् ।

यि दुई महत्वपुर्ण खेलाडी प्रशिक्षणमा फर्किएसँगै प्रशिक्षक फ्रान्क लाम्पार्डलाई राहत मिलेको छ । उनीहरु दुवैले शनिबार नर्विचविरुद्धको खेलबाट पुनरागमन गर्नेछन् ।
१८ वर्षीय युवा प्रतिभा ओडोइलाई प्रशिक्षक लाम्पार्डले इडेन हजार्डको विकल्पमा अघि सार्नेछन् । हजार्ड यसै सिजन स्पेनिस क्लब रियाल म्याड्रिड पुगेका छन् । हजार्ड नहुदा चेल्सीको अग्रपङ्ति केही फितलो देखिएको छ । ओडोइलाई चेल्सीले यसै सिजन थप ५ वर्षको लागि अनुबन्ध गरिसकेका छन् ।

ओडोइ प्रशिक्षणमा फर्कदा इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले खुशीको सन्देश रहेको बताएका छन् । प्रशिक्षक ग्यारेथले उनलाई युरो २०२० का लागि महत्वपुर्ण खेलाडीको रुपमा राखेको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]