default_image

6 years ago

August 21, 2019

भेट्रान रिवेरी फियोरेन्टिनामा

113 views

0 Bookmark

एजेन्सी – फ्रान्स तथा जर्मन क्लब बायर्न म्युनिखका पुर्व भेट्रान विङ्गर फ्रान्क रिवेरी इटालियन क्लब फियोरेन्टिनामा अनुबन्धित भएका छन् ।

रिवेरीलाई फियोरेन्टिनाले दुई वर्षका लागि ३.६ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो । उनको अनुबन्धमा बोनसपाउने समेत उल्लेख छ । उनको बुधबार मेडिकल परीक्षण हुनेछ ।

३६ वर्षीय रिवेरीले बायर्नमा १२ वर्ष बिताएर अघिल्लो सिजनबाट बायर्न छाडेका थिए । उनले १२ वर्ष त्यहाँ रहँदा विभिन्न २३ ट्रफी जितेका थिए ।

रिवेरीको अनुबन्धसँगै फियोरेन्टिनाले इटालियन सिरी ‘ए’ मा राम्रो पोजिसनमा आउने विश्वास लिएको छ । फियोरेन्टिना अघिल्लो सिजन रेलिगेसनबाट ३ अंकले मात्रै बचेको थियो । केभिन प्रिन्स बोएटिङलाई पनि क्लबमा अनुबन्ध गरिसकेको छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.