default_image

6 years ago

August 21, 2019

साफ यु–१५ च्याम्पियनसिप: भारतसँग नेपालको लज्जास्पद हार

116 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ यु–१५ फुटबल च्याम्पियनसिपमा नेपालल उपाधिको दावेदार आयोजक भारतसँग फराकिलो हार बेहोरेको छ ।

भारतको कल्याणीमा बुधबारबाट शुरु भएको साफ यु–१५ च्याम्पियनसिपमा नेपाल पहिलो खेलमा भारतसँग ५–० को भारी अन्तरले पराजित भएको हो ।

भारतको जितमा मजुम्दरले दुई गोल गरे । टोङब्राम, पल र नोङमेइकापामले गोल गरे । घरेलु टोलीविरुद्ध सम्हालिन नपाउदै नेपालले गोल खान पुगेको थियो । खेलको छैटौ मिनेटमा महेसनको पेनाल्टी बक्स बाहिरको प्रहार सिधै गोलमा परिणत हुदा नेपाली गोलरक्षकले रोक्ने कुनै मौका नै पाएन ।

२४औं मिनेटमा शुभोले गोल गरेपछि नेपाल खेलमा २–० ले पछि परेको थियो । शुभोले बक्सभित्रबाट सहजै गोल गरेका थिए । ४३औं मिनेटमा अनिसले गोल गरेपछि नेपाल पहिलो हाफमै ३–० ले पछि परेको थियो । कर्नरबाट आएको बलमा अनिसले हेडमार्फत गोल गरेका थिए ।
दोस्रो हाफमो शुरुमै नेपालले गोल खान पुग्यो ।

४९औं मिनेटमा टाइसन सिंहले फ्रिकिकमा गोल गरे । बक्सबाहिर प्राप्त फ्रिकिकमा टाइसनको प्रहार नेपाली गोलरक्षकले फितलो प्रदर्शन गर्दा हातमा लाग्दै गोल हुन पुगेको थियो ।

५६औं मिनेटमा नोङमेइकापामले गोल गर्दै भारतलाई फराकिलो जिततर्फ अग्रसर गराए । उनको फितलो प्रहार गोलरक्षकले अघि बढेर पञ्च गरेपनि गोल हुन पुगेको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा भारतले ५–० को फरासिकलो जित निकाल्यो ।

नेपालले कुनैपनि समय भारतको पोस्टमा गतिलो आक्रमण बुन्न नसक्दा पहिलो खेलमा ५–० को फराकिलो हार बेहोर्न पुग्यो ।

अब नेपालले शुक्रबार श्रीलंकासँग खेल्दैछ । त्यसपछि २७ अगस्टमा बंगलादेश र २९ अगस्टमा भुटानसँग खेल्नेछ । ५ राष्ट्र सहभागी साफमा शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउनेछ ।

आज नै भुटान श्रीलंकाबीच खेल हुदैद्ध ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.