6 years ago
August 22, 2019
एजेन्सी – इंग्लिस क्लब लिभरपुलबाट यसै सिजन रिलिज भएका फरवार्ड ड्यानियल स्टुरिज टर्किस क्लब ट्राबजोन्सपरमा अनुबन्धित भएका छन् ।

टर्किस सुपर लिग क्लब ट्राबजोन्सपरले २९ वर्षीय इंग्ल्यान्डका स्टुरिजलाई ३ वर्षका लागि अनुबन्ध गरेको हो । लिभरपुलले स्टुरिजलाई यसै समर ट्रान्सफरमा रिलिज गरिदिएको थियो । उनी करिब ६ बर्ष लिभरपुलका बिताएर प्रिमियर लिग क्लब छाडेका हुन् ।
लिभरपुलबाट रिलिज भएसँगै उनलाई विभिन्न १३ क्लबले अनुबन्धको चासो देखाएपनि उनले अस्वीकार गरेको थियो । मार्सेली, फ्रान्कफर्ट, रियल बेटिस, एटलान्टा, एस्टन भिल्ला र डिसी युनाइटेडले पनि स्टुरिजलाई अनुबन्ध गर्न चासो देखाएको थियो । तर, उनी टर्किस क्लबमा पुगेका हुन् ।

म्यानचेष्टर सिटी र चेल्सीबाट समेत खेलेका स्टुरिजले लिभरपुलका लागि १ सय ६० खेलमा ६७ गोल गरेका थिए । लगातार चोटसँग जुध्दै आएका स्टुरिजले गत सिजन लिभरपुलका लागि जम्मा पाँच खेलमा सुरुवाती अवसर पाएका थिए । स्टुरिजले अघिल्लो सिजन च्याम्पियन्स लिग जितेका थिए ।
६ पटकको टर्किस सुपर लिग च्याम्पियन ट्राबजोन्सपरले गत सिजन चौथो स्थानमा रहेर लिगको अन्त्य गरेको थियो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]