default_image

6 years ago

August 22, 2019

आकर्षक प्रस्तावमा सान्चो डर्टमन्डमै !

110 views

0 Bookmark

एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमन्डले इंग्ल्यान्डका युवा स्टार जाडोन सान्चोसँगको सम्झौता नवीकरण थप गरेका छन् ।

१९ वर्षीय युवा प्रतिभा सान्चोलाई अनुबन्ध गर्न म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले चासो देखाएपछि डर्टमन्डले सान्चोसँगको सम्झौता बाँकी रहँदै थप सम्झौता गरेको हो । सान्चोको यसअघि २०२२ सम्मको सम्झौता रहेको थियो ।

सम्झौतापछि उनको वार्षिक पारिश्रमिकमा १० मिलियन पाउन्ड वृद्धि हुनेछ । उनले सातामा १ लाख ९० हजार पाउन्ड पाउनेछन् ।

नयाँ सम्झौतासँगै सान्चो टिनेजर खेलाडीमा सबैभन्दा महँगा खेलाडी बनेका छन् । अघिल्लो साता सान्चो पाँचौ स्थानमा रहेका थिए । सम्झौता हुनुभन्दा अघि सान्चोले सातामा ७५ हजार पाउन्ड पाउने थियो ।

अघिल्लो सिजन १३ गोल गरेका सान्चोले यो सिजनको सुरुवातमा गोल गर्दै नयाँ सिजनमा पनि प्रभाव जमाउने संकेत दिएका छन् ।

टप १० टिनेजरको साताको पारिश्रमिक
जाडोन सान्चो, १९ वर्ष (१ लाख ९० हजार पाउन्ड) – बोरुसिया डर्टमन्ड
भिनिसियस जुनियर, १९ वर्ष (१ लाख ९० हजार पाउन्ड) रियाल म्याड्रिड
रोड्रिगो, १८ वर्ष (७६ हजार पाउन्ड) – रियाल म्याड्रिड
रायन सेसेग्नन, १९ वर्ष (७० हजार पाउन्ड) – टोटेनहम
जोओओ फेलिक्स, १९ वर्ष (५८ हजार पाउन्ड) – एट्लेटिको म्याड्रिड
मोइस किन, १९ वर्ष (५३ हजार पाउन्ड) – एभर्टन
फिल फोडेन, १९ वर्ष (३० हजार पाउन्ड) – म्यानचेस्टर सिटी
रेइस नेल्सन, १९ वर्ष ३० हजार पाउन्ड – आर्सनल
कलुम हड्सन ओडोई, १८ वर्ष (२२ हजार पाउन्ड) – चेल्सी
ताकेफुसा कुवो, १८ वर्ष (१७ हजार पाउन्ड) – रियाल म्याड्रिड

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.