6 years ago
August 22, 2019
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले माल्दिभ्ससँग खेल्दै अर्को महिना घरेलु मैदानमा आयोजना हुने साफ यू १८ च्याम्पियनसिपको यात्रा थाल्ने भएको छ । नेपाल च्याम्पियनसिपको साविक विजेता हो ।

दक्षिण एसियालका ६ राष्ट्रको सहभागितामा च्याम्पियनसिप असोज ३ देखि १२ गते सम्म हलचोकस्थित एपिएफको मैदानमा हुनेछ । समूह एमा नेपाल, माल्दिभ्ससहित भुटान रहेका छन् । समूह बीमा बंगलादेश श्रीलंका र भारत रहेका छन् ।
नेपालले असोज ३ गते माल्दिभ्ससँ खेल्नेछ । नेपालले त्यसको दुई दिन पछि असोज ५ गते भुटानसँग खेल्नेछ । समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । दुवै सेमिफाइनल १० गते हुनेछ भने फाइनल १२ गते हुनेछ । साफका लागि अहिले ३० खेलाडी प्रशिक्षणमा रहेका छन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]