6 years ago
August 30, 2019
एजेन्सी – पारिश्रमिकमा सहमति हुन नसकेका कारण पाउलो डिबाला युभेन्ट्सबाट म्यानचेस्टर युनाइटेड नगएको भन्ने हल्लालाई उनका एजेन्ट जोर्ज अन्टुनले अस्वीकार गरेका छन् । अर्जेन्टिनाका युवा फरवार्ड युनाइटेड जाने लगभग तय भएपनि अन्तिममा सम्झौता हुन सकेन ।

दुई क्लबबीच उनका विषयमा छलफल भएपनि अन्तिम समयमा सहमटि जुटेन । डिबालाले थप पारिश्रमिक माग गरेका कारण सम्झौता हुन नसकेको त्यति बेला समाचारहरुमा उल्लेख गरिएको थियो । तर उनका एजेन्टले त्यस्तको कारण नभएको बताएका छन् । ‘मैले यो विषयमा बुझ्ने कोशिस गरे । जे जति पारिश्रमिकका विषयमा बाहिर समाचार आएका छन्, त्यसमा सत्यता छैन,’ उनले भने,‘ यसमा मात्र दुई क्लबको विषयमा मात्र रहेको थियो । ’
२५ वर्षे उनलाई विश्वकै उत्कृष्ट खेलाडी मध्ये एकका रुपमा हेरिएको छ । तर रियल म्याड्रिडबाट क्रिस्टियानो रोनाल्डो युभेन्ट्स पुगेपछि भने उनले पहिलो रोजाईका लागि संघर्ष गर्नुपरेको छ । सेप्टेम्बर २ मा सरुवा बजार बन्द हुनुअघि उनलाई बेच्ने योजनामा युभेन्ट्स अझै पनि रहेको बताइन्छ । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले पनि उनीमाथि चासो देखाइरहेको बताइएको छ । तर एजेन्ट अन्टुनले त्यसलाई पनि स्वीकार गरेनन् । उनले भने,‘अहिले पेरिस जाने विषयमा कुनै योजना छैन ।’
सिजनको सुरुवातको पहिलो खेलमा पनि डिबाला पहिलो रोजाईमा पर्न सकेनन् । सरुवा बजार बन्द हुनुअघि सम्म पनि उनी नयाँ क्लबमा जाने विषय भने रोकिने सम्भावना कम छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]