default_image

6 years ago

August 28, 2019

नेयमार : बार्सिलोना र पीएसजी सम्झौता ‘नजिक’

108 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन सुपरस्टार नेयमारको ट्रान्सफरलाई लिएर मंगलबार फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र बार्सिलोनाबीच बसेको बैठक सकारात्मक रहेको बुझिएको छ ।

पीएसजीसँग बैठक बसेर बार्सिलोना फर्केपछि क्लबका प्रतिनिधि जाभिएर बोर्डासले संचारमाध्यमलाई सकारात्मक प्रगतिबारे जानकारी दिएका हुन् । उनले नेयमार अब क्याम्प नोउ फर्कने प्रक्रिया नजिक रहेको जानकारी दिए । बैठकमा बार्सिलोनाका लागि क्लबका प्रमुख कार्यकारी अधिकृत ओस्कार ग्राउ, प्राविधिक सचिव एरिक आबीडाल र खेलकुद निर्देशक बोर्डास रहेका थिए ।

नेयमार भने यसबेला आफ्ना परिवार र एजेन्ट आन्द्रे क्युरीसँग पेरिसमा नै रहेका छन् । बार्सिलोनाको प्रतिनिधि टोलीले नेयमारका पितासँग पनि छलफल गरेको बुझिएको छ । नेयमार आफैंले पनि पीएसजीका निर्देशक लिओनार्डोलाई आफू बार्सिलोना जान चाहेको प्रष्ट पारेका छन् । उनी दुई सिजन अघिमात्र बार्सिलोना छाडेर पेरिस आएका थिए ।

बोर्डासले सम्झौता नभएको जानकारी दिंदै छलफल भने सकारात्मक रहेको जानकारी दिएका हुन् । ‘अहिलेसम्म सम्झौता भएको छैन । अहिलेसम्म नभएको हो । हाम्रो छलफल निकै राम्रो रहयो र मलाई लाग्छ नेयमार अब छिट्टै क्याम्प नोउ आउने छन्,’ उनले भने । उनले पीएसजीसँग पूर्ण रकममा नै स्थायी ट्रान्सफरको विषयमा छलफल भएको पनि जानकारी दिए ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.