6 years ago
August 28, 2019
एजेन्सी– स्विडिस फरवार्ड ज्लाटान इब्राहिमोभिचले आफू अझै पनि प्रिमियर लिगका लागि योग्य र सक्षम रहेको बताएका छन् । उनले ठट्यौली पारामा म्यानचेस्टर युनाइटेडले चाहेको खण्डमा आफु इग्ल्यान्ड फर्कन सक्ने संकेत पनि गरे । ३७ वर्षे स्वीडिस फरवार्ड अहिले एमएलएस टोली एलए ग्यालेक्सीबाट खेलिरहेका छन् ।

अहिले पनि उनी मैदानमा छाइरहेका छन् । ग्यालेक्सी जानुअघि इब्राहिमोभिचले युनाइटेडका लागि ५३ खेलमा २९ गोल गरेका थिए । उनले आइतबारमात्र लस एन्जेलेस फुटबल क्लबविरुद्ध २ गोल गरेका थिए । यो सिजन ग्यालेक्सीका लागि उनले २२ गोल गरिसकेका छन् ।
युनाइटेडबाट रोमेलु लुकाकु र एलेक्सीस सान्चेजले युनाइटेड छाडेका छन् । युनाइटेड प्रशिक्षक ओलने गुनार सोल्सजर टोली पूर्ननिर्माणका क्रममा रहेका छन् । मार्कस रासफोर्ड, एन्टोनी मार्सियल र १७ वर्षे मासन ग्रिनउड मात्र अहिले टोलीका स्थापित फरवार्ड हुन् ।
‘ म अहिले पनि सहजै प्रिमियर लिग खेल्न सक्छु । यदि युनाइटेडले चाहन्छ भने म त्यहाँ हुनेछु,’ इब्राहिमोभिचले भने,‘ तर म अहिले ग्यालेक्सीमा छु ।’ इब्राहिमोभिचले ओल्ड ट्राफोड छाडेको १७ महिना बितेको छ ।
युनाइटेड भने प्रिमियर लिगमा कमजोर रुपमा प्रस्तुत भइरहेको छ । युरोपमा रहँदा उनले आफ्नो क्षमता अनुसारको प्रदर्शन गरेको स्मरण गर्दै इब्राहिमोचिभले भने,‘ मैले युरोपमा रहँदा ३३ वटा ट्रफी जिते । त्यसैयहाँ पनि म अझै केहि गर्न सक्छु भनेर आएको हु ।’ युनाइटेड, बार्सिलोनालगायत उनले युरोपका चर्चित क्लबबाट व्यवसायिक फुटबल खेलेका थिए ।
युनाइटेड शनिबार प्रिमियर लिगमा क्रिस्टल प्यालेससँग २–१ ले पराजित भएको थियो । टाढा रहेपनि इब्राहिमोभिच युनाइटेडको खेल पछ्याइरहेका हुन्छन् । ‘मैले युनाइटेडको पछिल्लो खेल हेरे । टोलीलाई भाग्यले साथ दिएन । यदि रासफोर्डले पेनाल्टीमा गोल गर्थे भने परिस्थिति अर्को हुन्थ्यो,’ उनले भने, ‘ तर, इग्ल्यान्डमा भनेको अन्तिम समय सम्म पनि खेल टुंगिएको हुँदैन । जे पनि हुन सक्छ ।’
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]