default_image

6 years ago

August 29, 2019

कप्तान विराज बाहिरै, रोहित र किरण समावेश

115 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नियमित कप्तान विराज महर्जनलाई बाहिर राख्दै नेपालले विश्वकप छनोटको सुरुवाती दुई खेलका लागि टोली घोषणा गरेको छ ।

यसअघि मलेसियाली क्लब विरुद्ध भएको मैत्रीपूर्ण खेलमा टोलीमा समावेश नगरिएका गोलकिपर किरण चेम्जोङ र मिडफिल्डर रोहित चन्द भने टोलीमा छन् । उक्त खेलको टोलीबाट एलन न्यौपाने र विमल रानाले अन्तिम २३ मा स्थान बनाउन सकेनन् । विराजलाई फिट नभएको भन्दै कालीनले अन्तिम टोलीमा राखेका थिएनन् ‌।

विश्व कप छनोटको तयारीमा रहेको नेपाल भदौ ९ गते मलेसियाली जोहार दारुल टा जिम एफसीसँग १-० ले पराजित भएको थियो । नेपालले विश्वकप छनोटको पहिलो खेल भदौ १९ गते कुवेत र २४ गते चाइनिज ताइपेसँग खेल्नेछ । दुवै खेल अवे मैदानमा हुनेछ ।

अनुभवी फरवार्ड भरत खवासले पनि वैदेशिक आर्मी प्रशिक्षणमा रहेका कारण टोलीमा छैनन् । कालिनले दोस्रो चरणमा रहेका ३१ जनाबाट मलेसियन क्लबसँगको मैत्रीपूर्ण खेलको लागि २३ सदस्यीय टोली घोषणा गरेका हुन् । सुवास गुरुङ, विमल पाण्डेय र त्रिदेव गुरुङले पनि टोलीमा स्थान बनाउन सकेनन् ।

नेपाली टोली
गोलकिपर – किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ
डिफेन्डस -सरोज दाहाल, अजित भण्डारी, दीनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल
मिडफिल्ड -रोहित चन्द, सुनिल बल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई
फरवार्ड -विमल घर्तीमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.