default_image

6 years ago

August 29, 2019

नेपाल साफ यू १५ को फाइनल नजिक

105 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – लगातार तेस्रो खेलमा जित निकाल्दै नेपाली युवा टोली भारतको कोलकातामा जारी साफ यू १५ फुटबल च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ । नेपालले राउन्ड रोविन लिगको अन्तिम खेलमा बिहीबार भुटानलाई ६–० को फराकिलो अन्तरले हराएको हो ।

तस्बिर सौजन्य -एन्फा

कल्याणी रंगशालामा नेपालको जितमा कप्तान प्रदीप लम्सालले २, निराजन खत्री, अशिम राई, क्रिस सापकोटा र सुगम जिम्मीले समान १ गोल गरे । प्रदीपको पेनाल्टी गोलबाट नेपालले खेलको पाँचौं मिनेटमा अग्रता लिएको थियो ।

निराजनले १४ औं मिनेटमा गोल गर्दा पहिलो हाफमा नेपालले २–० को अग्रता लियो । ४८ औं मिनेटमा कप्तान प्रदीपले अर्को गोल गरे । अशिमले ७५ औं र क्रिसले ७५ औं मिनेटमा गोल गर्दै टोलीको अग्रतालाई फराकिलो बनाए । सुगमले इन्जुरी समयको गोल गरेपनि नेपाललले ६–० ले खेल जितेको थियो ।

तस्बिर सौजन्य -एन्फा

राउन्ड रोविनको अन्तिम खेल भारत र बंगलादेशबीच हुनेछ । भारतलाई कम्तीमा ४ गोलको अन्तरले हराउन सकेको खण्डमा बंगलादेश फाइनल पुग्ने नेपाली टोलीका व्यवस्थापक निरज खड्गीले जानकारी दिए । त्यो भन्दा कम अन्तरको जित, बराबरी वा बंगलादेशको हारमा नेपाल फाइनल पुग्नेछ । भारत भने तीन खेल जितेर यसअघि नै फाइनल पुगिसकेको छ ।

तस्बिर सौजन्य -एन्फा


पहिलो खेलमा भारतसँग पराजित नेपाली टोलीले त्यसपछिका तीन खेलमा श्रीलंका, बंगलादेश र भुटानलाई हराउँदै अन्तिम दुईको नजिक पुगेको हो । दोस्रो खेलमा श्रीलंकालाई २–० ले हराएको नेपाली टोलीले पछिल्लो खेलमा बंगलादेशलाई ४–१ ले पराजित गरको थियो ।

यू १५ को यसअघिका सबै ५ संस्करणमा भाग लिएको नेपालले अहिले सम्म उपाधि जित्न सकेको छैन । सन् २०१३ र २०१७ मा फाइनल पुग्नु नेपालको अहिले सम्मको सफल नतिजा हो । भारत र बंगलादेशले अहिले सम्म समान दुई पटक उपाधि जितेका छन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.