6 years ago
August 29, 2019
एजेन्सी – सुपरस्टार खेलाडीद्वय क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सीसँगै लिभरपुलका डिफेन्डर भर्जील भान डाइक यूईएफए च्याम्पियन्स लिगको वर्षको उत्कृष्ट खेलाडीको शीर्ष ३ स्थानमा परेका छन् । अवार्ड आज राती ९:३० बजे सुरु हुने च्याम्पियन्स लिग ड्र मा प्रदान गरिनेछ ।

यूईएफएले सार्वजनिक गरेको सुचिमा युभेन्टसका रोनाल्डो र बार्सिलोनाका मेस्सीसँगै डिफेन्डर भान डाइक पनि परेका हुन् । सन् २०११ देखि सुरु भएको यस अवार्डमा रोनाल्डोले सबै सिजनको मनोनयनमा स्थान बनाउँदै ३ पटक उपाधि जितेका छन् । मेस्सीले भने सन् २०११ र २०१५ मा यस उपाधि जितेका थिए । गत सिजन लुका मोड्रीचले यो अवार्ड जितेका थिए । २९ अगस्टमा प्रदान गरिने अवार्डमा भान डाइक पहिलो पटक मनोनयनमा परेका हुन् ।
२७ वर्षे भान डाइन सन् २०१८ मा ७५ मिलियन पाउन्डमा लिभरपुल भित्रिएका थिए । गत सिजन लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि जिताउनमा भान डाइकको ठूलो भुमिका रहेको थियो । सिजन अवधिभर भान डाइनले २१ क्लिन सिट राख्न समेत मद्दत गरेका थिए । उनको प्रदर्शन स्वरुप उनले पिएफएको उत्कृष्ट खेलाडीको उपाधि जितेका थिए ।

शीर्ष १० मा पर्न सफल अन्य खेलाडी:
एलिसन बेकर – ५७ अंक
साडियो माने – ५१ अंक
मोहमद सलाह – ४९ अंक
इडेन हाजार्ड – ३८ अंक
म्याथिस डे लिग्ट – २७ अंक
फ्रानकी डे जोङ – २७ अंक
रहिम स्टरलिङ – १२ अंक
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]