6 years ago
August 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – साफ यू १५ फुटबल च्याम्पियनसिपको फाइनलमा आयोजक भारत र नेपाल खेल्ने भएका छन् । लिग चरणको अन्तिम दिन दुवै टोलीले सहज जित दर्ता गरेपछि उपाधि भिडन्तमा चिर परिचित प्रतिद्वन्द्वी आमनेसामने हुने तय भएको हो ।

कल्याणी रंगशालामा नेपालले भुटानलाई ६-० को अन्तरले पराजित गर्दा कप्तान प्रदीप लम्सालले २ तथा निराजन खत्री, अशिम राई, क्रिस सापकोटा र सुगम जिम्मीले समान १ गोल गरे । प्रदीपको पेनाल्टी गोलबाट नेपालले खेलको पाँचौं मिनेटमा अग्रता लिएको थियो ।
निराजनले १४ औं मिनेटमा गोल गर्दा पहिलो हाफमा नेपालले २–० को अग्रता लियो । ४८ औं मिनेटमा कप्तान प्रदीपले अर्को गोल गरे । अशिमले ७५ औं र क्रिसले ७५ औं मिनेटमा गोल गर्दै टोलीको अग्रतालाई फराकिलो बनाए । सुगमले इन्जुरी समयको गोल गरेपनि नेपाललले ६–० ले खेल जितेको थियो ।

त्यस्तै अर्को खेलमा भारतले बंगलादेशमाथि ४-० को जित दर्ता गर्यो । भारतको जितमा हिमांशु जान्ग्राले गोल गरे । उनको तीनै गोलमा आइज्याकले असिस्ट दिएका थिए । शुभो पलले अन्तिम मिनेटमा गोल गर्दै भारतको जित पक्का गरेका थिए ।

पहिलो खेलमा भारतसँग पराजित नेपाली टोलीले त्यसपछिका तीन खेलमा श्रीलंका, बंगलादेश र भुटानलाई हराउँदै फाइनल पुगेको हो । दोस्रो खेलमा श्रीलंकालाई २–० ले हराएको नेपाली टोलीले पछिल्लो खेलमा बंगलादेशलाई ४–१ ले पराजित गरको थियो ।
यू १५ को यसअघिका सबै ५ संस्करणमा भाग लिएको नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन । सन् २०१३ र २०१७ मा फाइनल पुग्नु नेपालको अहिले सम्मको सफल नतिजा हो । भारत र बंगलादेशले अहिले सम्म समान दुई पटक उपाधि जितेका छन् । नेपाल सन् २०१६ को संस्करणमा भारतसँग १-० ले पराजित भएको थियो । बंगलादेश प्रतियोगिताको साविक विजेता हो ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]