default_image

6 years ago

August 30, 2019

‘हामीले एक अर्कालाई उत्कृष्ट बनायौं’

148 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको समूह चरणको ड्र बिहीबार सम्पन्न भयो । समूह चरण ड्र कै क्रममा यूईएफएले विधागत अवार्ड तथा वर्षको सर्वोत्कृष्ट खेलाडी घोषणा भयो । मुख्य अवार्ड प्रदान गर्नुअघि कार्यक्रम संचालकले मेस्सी र रोनाल्डोसँग गरेको कुराकानी विशेष क्षण थियो ।

पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले मेस्सी र उनको प्रतिस्पर्धाले दुवै खेलाडीलाई निकै फाइदा पुगेको बताए । ‘ हामीले १५ वर्ष एकै स्टेजमा प्रतिस्पर्धा गर्यौं । मलाई लाग्दैन दुई खेलाडीले एकै समय यसरी वर्चस्व जमाएका छन् । यो पक्कै सहज हैन । हामी दुई बीच राम्रो सम्बन्ध छ यद्यपि हामीले अहिलेसम्म कतै सँगै बसेर खाएका छैनौं, तर आशा छ त्यो पनि हुनेछ,’ रोनाल्डोले भने ।

इटाली गएपछि स्पेन र मेस्सीसँगको प्रतिस्पर्धाबारे बोल्दै रोनाल्डोले इतिहासको एक पाटो बन्न पाएको अनुभव साटे । ‘स्पेनमा खेलेको निकै याद आउँछ । मेस्सी र मैले १५ वर्ष एक अर्कासँग प्रतिस्पर्धा गर्यौं । यसले मलाई र उनी दुवैलाई अझ राम्रो गर्ने मनोबल मिलेको छ । फुटबलको इतिहासमा आफ्नो नाम लेखाएका छौं । त्यसमा म पनि छु र उनी पनि छन्,’ रोनाल्डोले थपे ।

यता मेस्सीले पनि रोनाल्डोसँग एकै स्थानमा खेल्न पाउँदा खुसी लागेको बताए । ‘ रोनाल्डोसँग प्रतिस्पर्धा गर्नु सुखद पक्ष थियो । हामीले निकै गोल गर्यौं । गोल गर्नुको लक्ष्य विजय प्राप्तिको लागि थियो र दुवैले सक्दो प्रयास गर्यौं,’ मेस्सीले भने ।

संन्यास लिने विषयमा सोध्दा रोनाल्डोले आफू मेस्सीभन्दा २ वर्ष कम उमेरको भएपनि सँगै संन्यास लिने सम्भावना रहेको बताए । ‘ म मेस्सीभन्दा २ वर्ष बढी उमेरको हुँ । मैले अहिले नै संन्यास लिने सोचेको छैन । अझै ३-४ वर्ष मैदानमा देखिनेछु,’ उनले थपे ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.