6 years ago
September 1, 2019
एजेन्सी – सामाजिक संन्जालको फलोअर्समा युभेन्ट्सले म्यानचेस्टर युनाइटेडलाई पछि पारेको छ । गत सिजन क्रिस्टियानो रोनाल्डो युभेन्ट्समा आबद्ध भएयता टोलीलाई फलो गर्ने २० मिलियन भन्दा बढी भएका छन् । पोर्चुगिज सुपर स्टार रोनाल्डो सन् २०१८ को समरमा युभेन्ट्समा आबद्ध भएका थिए ।

रोनाल्डो आबद्ध भएपछि युभेन्ट्सले उनको पूर्व क्लब युनाइटेडलाई पछि पारेको हो । रोनाल्डो पुग्नुअघि इन्स्टाग्राममा युभेन्ट्सलाई फलो गर्नेको संख्या १० मिलियन थियो । रोनाल्डोकै पूर्व क्लब रियल म्याड्रिड इन्स्टाग्राममा सबैभन्दा बढी फलोर्स भएको क्लब हो ।
सर्वाधिक युरोपियन च्याम्पियन रियलको ७७.६ मिलियन फलोअर्स छन् । रोनाल्डोले ९ सिजन रियलमा बिताएका थिए । त्यो क्लबको फलोअर्स ज्यादा हुनुमा रोनाल्डोलाई नै कारण मानिन्छ ।
रोनाल्डोको व्यक्तिगत फलोअर्स संख्या १ सय ३१ मिलियन छ । सामाजिक सन्जालमा सबैभन्दा फलोअर्स भएका खेलाडी रोनाल्डो हुन् ।
युभेन्ट्सको फलोअर्सको संख्या अझै बढ्ने सम्भावना छ । टोलीमा यो सिजन मात्र म्याथिज डी लेट्ज, डानिलो, क्रिस्टियन रोमेरो, लुका पेलाग्रिनी, मिरिह डिमिरल, एड्रिडयन राबिओट, आरोन रामसे र जियानलुजी बुफोन आबद्ध भएका छन् ।
त्यस्तै यो सिजन नै टोली प्रशिक्षक माउरिजियो सारी आबद्ध भए । डच डी लेट्जको ३.८ फलोअर्स र रामसेलका ३.६ फलोअर्स छन् । त्यस्तै बुफोनलाई ८.१ ले पछ्याउछन् । बार्सिलोना इन्स्टाग्राममा सर्वाधिक पछ्याइने दोसे क्लब हो । र्बािर्सलोनालाई ७६.४ मिलियन, युभेन्ट्सलाई ३१.१ मिलियन, युनाइटेडलाई ३१ मिलियन र पेरिस सेन्ट जर्मेनलाई २३.८ मिलियनले पछ्याउछन् ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]