6 years ago
August 31, 2019
काठमाडौं (हाम्रो खेलकुद)– क्षेत्रिय स्तरको फुटबलमा नेपालका लागि भारतसँगको खेल सधै चुनौतिपूर्ण हुँदै आएको छ । दक्षिण एसियामा नेपालको सिनियर टोलीलाई भारत मुख्य चुनौति त हो नै, त्यसबाहेक अन्य टोली पनि निकै प्रतिस्पर्धात्मक रुपमा प्रस्तुत हुँदै आएका छन् ।

खास गरि महिला फुटबल र उमेर समूहको फुटबलमा हेर्ने हो भने नेपालका लागि भारत अधिकांश समय तगारो बन्दै आएको छ । महिला फुटबलको इतिहास हेर्ने हो भने नेपालले दक्षिण एसियाली खेलकुद (साग) मा तीन पटक र साफ च्याम्पियनसिपको फाइनलमा ४ गरि ७ पटक फाइनल उहि भारतसँगै हारेको छ ।
फुटबल इतिहासमा एक पटक मात्र महिला फुटबलमा नेपालले भारतलाई हराएको छ । गत वर्ष भारतमै आयोजना भएको हिरो गोल्ड कपमा नेपालले भारतमाथि जित हासिल गरेको थियो । त्यसअघि वा पछि नेपालले भारतलाई हराउन सकेको छैन ।
उमेर समूहमा भने नतिजा केहि फरक छ । नेपालले भारतलाई कडा चुनौति मात्र होइन उपाधि नै जित्न पराजित गरेको इतिहास पनि छ । ४ वर्षअघि पहिलो पटक आयोजना भएको साफ १९ च्याम्पियनसिपमा नेपाल च्याम्पियन भएको थियो । घरेलु मैदानमा आयोजना भएको उक्त च्याम्पियनसिपको फाइनलमा भारतलाई नै हराएको थियो ।
फेरि एकपटक नेपाल र भारत साफ यू १५ को उपाधिका लागि भिड्ने भएका छन् । भारतको कल्याणीमा आज यी दुई परम्परागत प्रतिद्वन्द्वि श्रेष्ठताका लागि भिड्नेछन् । प्रतियोगितामा यी दुई टोली सुरुवातबाट दाबेदार रहँदै आएका छन् ।

प्रतियोगिताको सुरुवात नेपालले हारबाट गरेको थियो । च्याम्पियनसिपमा नेपालको पहिलो प्रतिद्वन्द्विका रुपमा भारत रहेको थियो । जहाँ नेपाल भारतसँग ५–० को हार बेहोरेको थियो । निराशाजनक सुरुवातका वावजुद नेपाली टोली अर्को खेलमा सम्हालियो । श्रीलंकालाई २–० ले हराउँदै विजय लयमा फर्केको नेपालले त्यसपछि बंगलादेशलाई ४–१ र भुटानलाई ६–० ले हराउँदै अन्तिम दुईको यात्रा तय गर्यो ।
फाइनलमा नेपालले फेरि एक पटक भारतकै सामना गर्दैछ । यू १५ मा नेपाल अहिले सम्म च्याम्पियन हुन सकेको छैन । यसअघि सन् २०१३ र २०१७ मा फाइनल खेल्दा नेपाल पराजित भएको थियो । दुवै पटक नेपाल भारतसँग नै पराजित भएको थियो । जति बेला यो च्याम्प्यिनसिप यू१६ का नाममा हुने गरेको थियो ।
अहिले राष्ट्रिय टोलीका फरवार्ड रहेका विमल घर्तीमगर लगायतका टोली घरेलु मैदानमा ६ वर्षअघि भारतीय टोलीसँग नै पराजित भएको थियो । पछि विमल सम्मिलित टोलीले यू-१९ को फाइनलमा भारतलाई नै हराएको थियो । नेपालले फेरि एक पटक उमेर समूहमा भारतलाई हराउने मौका पाएको छ । नेपालले यो मौकाको कत्ति सदुपयोग गर्न सक्छ , त्यसका लागि केहि समय भने कुर्नुपर्ने हुन्छ ।
फाइनल खेलको प्रत्यक्ष प्रसारण दिउँसो ३:१५ बजे हाम्रो खेलकुद डट कममा हुनेछ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]