6 years ago
August 31, 2019
मनोरञ्जन शर्मा
भैरहवा– रुपन्देहीको पुरानो मध्येको एक लिस्नु कप फुटबल प्रतियोगिताको १९ औं संस्करण अर्को साता सुरु हुने भएको छ । आयोजक लिस्नु युवा क्लबले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता भदौ २१ गते असोज ३ गते सञ्चालन हुने जानकारी दिएको छ ।

प्रतियोगितामा यस पटक प्रदेश ५ का रुपन्देही, नवलपरासी, कपिलपस्तु, दाङ तथा गण्डकी प्रदेशको स्याङजा र प्रदेश ३ को चितवन जिल्लाको सहभागिता रहने लिस्नु क्लबका अध्यक्ष तिर्थ राज मल्लले जानकारी दिए ।
रुपन्देहीको कोटिहवास्थित पशुपति उच्च माविको मैदाननमा नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा १४ टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ तथा दोस्रो हुने टोलीले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । सेमिफाइनल पुग्ने दुई टोलीले समान ५० हजार रुपैयाँ पाउने आयोजकले जनाएका छन् ।
विजेताको पुरस्कार राशी कुल प्रसाद गुरुङबाट प्रायोजन भएको प्रतियोगिता संयोजक नेम प्रसाद गुरुङले जानकारी दिए । गुरुङले आफ्ना स्वर्गिय माता पिता पवित्रा र सिंहवर गुरुङको सम्झानामा पुरस्कार राशी प्रायोजन गरेको बताएका छन् । बुबा आमाको नाममा फुटबल प्रतियोगितालाई सहयोग गर्न पाउँदा खुसी लागेको गुरुङले बताए ।
अब प्रतियोगिताको नाम ‘सिंहविर पवित्रा’ स्मृती औं १९ लिस्नु कप नक आउट फुटबल प्रतियोगिता हुने क्लबका सचिव मनोज क्षेत्रीले बताए । सचिव क्षेत्रीका अनुसार प्रतियोगिताको तयारी तिब्र रुपमा अघि बढेको र अन्य प्राोजक आउने क्रम पनि जारी रहेको बताए ।
पत्रकार सम्मेलनमा क्लबका पूर्व अध्यक्ष एबं तिलोत्तमा नगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष खेमराज गुरुङले रुपन्देहीकै प्रतिष्ठित एबं पुरानो प्रतियोगितामा स्थायित साधान श्रोतबाट सञ्चालन भइरहेको स्मरण गरे ।
छिमेकी जिल्लाका टोलीलाई एकतर्फ र अन्य जिल्लाका टोलीलाई दुई तर्फी गाडी भाडा आयोजकले उपलब्ध गराउने बताइएको छ । विदेशी खेलाडीलाई खेलाउन पाउने भएपनि स्थानियलाई प्राथमिकता दिनुपर्नेमा आयोजकको जोड रहेको छ । प्रतियोगितामा झन्डै साढे १६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएका प्रतियोगिताका आर्थिक संयोजक युवराज गुरुङले जानकारी दिए ।
प्रतियोगितामा आयोजक लिस्नु क्लब, रुपन्देही ठुटिपिपलको नवयुवा खेलकुद तथा सास्कृतिक परिवार, बुटवलको फुलबारी गाईज , रुपन्देहीको फर्साटिकर फुटबल क्लब, झरना स्पोर्टिङ क्लब, रुपन्देहीकै कुन्जलापुरले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
नकआउटका आधारमा हुने प्रतियोगितामा कपिलवस्तु शिव नगरपालिकाको जय बुद्ध सामाजिक युवा क्लब, नवलपरासीको नवलपरासी ११ र देशभक्त युवा क्लब, दाङ घोराहिको युएनबिएल एकेडमी, स्याङजाको वालिङ नगरपालिका , चितवनका भरतपुर फुटबल क्लब र जु फुटबल क्लबले भाग लिने बताइएको छ ।
प्रतियोगिता पुस्कार
विजेता – ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ
उपविजेता – १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ
सर्वोकृष्ट खेलाडी – २५ हजार रुपैयाँ
सर्वाधिक गोलकर्ता – ७ हजार रुपैयाँ
उत्कृष्ट गोलरक्षक – ७ हजार रुपैयाँ
राईजिङ प्लेयर– ५ हजार रुपैयाँ
हरेक खेलको म्यान अफ द म्याच -२ हजार ५ सय रुपैयाँ
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]