6 years ago
August 31, 2019
एजेन्सी– पेरिस सेन्ट जर्मेन (पिएसजी) का निर्देशक लियोनार्दोले नेयमारको विषयलाई लिएर अहिले सम्म बार्सिलोनासँग केहि सम्झौता नभएको बताएका छन् । बार्सिलोना भने नेयमारलाई नोउ क्याम्प फर्काउनका लागि हर सम्भव प्रयास गरिरहेको बताएको छ ।

ब्राजिलियन स्टारले पेरिस छाड्न चाहेकाले पनि बार्सिलोनाले आफ्नो योजना पुरा गर्ने प्रयास जारी राखेको छ । कतिपय सञ्चारमाध्यमले पनि दुई क्लबबीच सहमति भइसकेको पनि बताएका छन् । तर, पिएसजीका स्पोर्टिङ डाइरेक्टर लियोनार्दोले नेयमार बार्सिलोना जाने भएको खण्डमा सोमबार सुरुवा बजार बन्द हुनुअघि धेरै प्रक्रिया पुरा गर्न आवश्यक रहेको बताएका छन् ।
शुक्रबार लिग वानमा मेट्जलाई पिएसजीले हराएपछि लियोनार्दोले भने,‘ हामी के चाहन्छौं भन्ने बार्सिलोनालाई राम्ररी थाहा छ । अगस्ट २७ मा उनीहरुले पहिलो पटक लिखित प्रस्ताव राखेका हुन् । बार्सिलोनासँग हाम्रो लिखित कुनै सम्झौता भएको छैन । आज पनि कुनै सम्झौता भएको छैन । अहिलेको अवस्था यहि हो ।’
२७ वर्षे फरवार्ड शुक्रबार पनि पिएसजीको टोलीमा थिएनन् । उनले यो सिजन सुरुवात नै गरेका छैनन् । सिजनको सुरुवातमा नेयमारले बार्सिलोनाको जर्सी लगायतको फोटो इस्टाग्राममा अपलोड गरेपछि विवाद भएको थियो । तर, उनले केहि मिनेटमा उक्त फोटो हटाएका थिए ।
दुई वर्षअघि नेयमार विश्व कीर्तिमान रकम १ सय ९८ मिलियन पाउन्डमा बार्सिलोना छाडेर पिएसजी पुगेका थिए । तर, केहि समय पछि नै नेयमार पिएसजीमा खुसी हुन नसकेको समाचार सार्वजनिक भएको थियो । त्यसपछि भने उनी ला लिगा फर्कन इच्छुक रहेको बताइएको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]