6 years ago
August 31, 2019
एजेन्सी – स्पेनिस ला लिगाको साविक विजेता बार्सिलोनाले शनिबार लिगअन्तर्गत खेलमा ओसासुनाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार राती ८:४५ मा सुरु हुनेछ ।

कप्तान लिओनेल मेस्सी र फरवार्ड लुइस सुआरेज चोटका कारण अझै केहि समय बाहिर रहने भएपछि बार्सिलोनाका लागि नयाँ फरवार्ड एन्टोइन ग्रिजमन आक्रमणमा आशाका केन्द्र बन्ने पक्का भएको छ । पछिल्लो खेलमा रियल बेटिसविरुद्ध ५-२ को जितमा ग्रिजमनले मेस्सी र सुआरेजको अनुपस्थितिमा २ गोल गर्दै टोलीलाई जितसम्म डोर्याएका थिए । म्यान अफ द म्याच प्रदर्शन गरेका ग्रिजमन उच्च मनोबलमा छन् ।
सुआरेज र मेस्सी अब दुई सातापछि मात्र मैदान फर्कनेछन् । यसबीचमा अन्तर्राष्ट्रिय खेलहरु हुने भएकाले दुवै फरवार्डले पर्याप्त विश्राम पाउने छन् । यी दुईसँगै युवा विंगर ओस्मान डेम्बेले पनि चोटका कारण विश्राममा नै रहनेछन् । युवा खेलाडी कार्लोस पेरेजले यस्तो अवस्थामा आफूले पाएको अवसरको भरपुर सदुपयोग गरेका छन् । १६ वर्षीय अन्सु फातीले कलिलो उमेरमा नै डेब्यु गर्दै केहि सम्भावना देखाएका छन् । ओसासुनाविरुद्ध पनि उनलाई टोलीमा समेटिएको छ ।
ओसासुनाको घरेलु मैदान एल सदरमा ग्रिज्मनले हालसम्म गोल गर्न सकेका छैनन् । उनले यसअघि उक्त मैदानमा ५ पटक खेलेका छन् । बार्सिलोनाले सिजनको पहिलो खेल घरेलु मैदानबाहिर खेलेको थियो र त्यस खेलमा एथ्लेटिक बिल्बाओसँग पराजित भएको थियो । यस खेलका लागि मिडफिल्डमा भने बार्सिलोनालाई सुखद खबर रहेको छ । आर्थर, आर्टुरो भिडाल र इभान राकीटिच चोटबाट निको भएर सुरुवातदेखि खेल्न तयार रहेका छन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]