default_image

6 years ago

August 31, 2019

रियलविरुद्ध नेयमार, काभानी र एमबाप्पे नै नहुने!

107 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको पहिलो खेलमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) र स्पेनिस महारथी रियल म्याड्रिड आमनेसामने हुँदैछन् । सेप्टेम्बर १४ मा यी दुई टोलीबीच खेल हुनेछ ।

च्याम्पियन्स लिगको एकै समुहमा परेका यी दुई टोली पहिलो खेलमा नै भिड्ने भएका हुन् । रियलका लागि भने पीएसजीको चोटको समस्याले केहि सहज हुने देखिएको छ । रियलविरुद्ध पहिलो खेलमा स्टारत्रय एडिन्सन काभानी, नेयमार र किलियन एमबाप्पे नै उपलब्ध नहुने सम्भावना बढेको छ । नेयमारले प्रतिबन्धका कारण पहिलो खेल गुमाउने यसअघि नै पक्का भइसकेको थियो । उनले गत सिजन म्यानचेस्टर युनाइटेड र पीएसजीबीचको खेलबारे सामाजिक संजालमा बोलेपछि यूईएफएले उनलाई तीन खेल प्रतिबन्ध लगाएको थियो ।

यता काभानी र एमबाप्पे भने चोटका कारण उपलब्ध नहुने सम्भावना बढेको हो । लिगको पहिलो खेलमा टुलुसविरुद्ध मांशपेशीको समस्या आएपछि एमबाप्पे मैदानबाहिर छन् । उनले रियलविरुद्ध खेलमा पुनरागमन गर्ने सम्भावना न्यून रहेको छ । यता काभानी पनि उक्त खेलमा हाफटाइम पछि कम्मरको चोटका कारण मैदान फर्केका थिएनन् । उनलाई पनि ३ साता समय लाग्ने बुझिएको छ ।

काभानी रियलविरुद्ध खेलका लागि फिट हुने देखिएपनि उनले पहिलो रोजाईदेखि नै खेल्नेमा भने शंका छ । उनले अबको दुई साता पूर्ण विश्राम लिने बुझिएको छ । च्याम्पियन्स लिगको समूह ‘ए’ मा रियल र पीएसजीसँगै क्लब ब्रुज र गालाटासरे रहेका छन् ।

यो पनि : रियल र पीएसजी एकै समूहमा

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.